चार कम्युनिस्ट पार्टीद्वारा आज १ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना

डेली न्युजराप्ती       १० श्रावण २०७९ ०७:४९ मा प्रकाशित     326 No Comments


काठमाडौंः कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिबद्धता गरेको ४ कम्युनिष्ट पार्टीले जनसङ्घर्षको तयारीस्वरूप आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा आगामी जनसङ्घर्षको कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ ले संंयुक्त विज्ञप्ति जारी गरि
दलाल पुँजीवादी राज्य व्यवस्थाले राष्ट्रिय स्वाधिनता, जनअधिकार र जनजीविका क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता, जनताको चाहना, आगामी जनसंघर्षको आवश्यकता र चार पार्टीको दायित्वलाई दृष्टिगत गर्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार