दाङ । संसदीय व्यवस्थाको संघीय सरकारले गर्न लागेको आसन्न मंसिर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनलाई गाउँ/शहरबाट खारेज गर्ने अभियान देशव्यापी तीव्र रूपमा सञ्चालन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मंसिर ४ को चुनावलाई खारेज गर्न अभियान थालिएको हो ।
पार्टीको केन्द्रीय नीति बमोजिम देशभरका जिल्लाजिल्लामा नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेज अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ । खारेज अभियान अन्तर्गत दिनहुँजसो जिल्लाजिल्लामा भण्डाफाेर सभा, काेणसभा, घरदैलो सभा, मसाल जुलुस, अपिल पर्चा वितरण, पाेस्टरिङ, भित्तेलेखन कार्यलाई तीव रूपमा गरिरहेको छ ।
देशभरका जिल्लामा नेकपाका नेता कार्यकर्ताहरुले चुनाव खारेजीको अपिल पोष्टरसहित आसन्न मंसीर ४ को संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा भोट नहाल्न अपिल गरिरहेका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले संसदीय चुनाव खारेजको पाेष्टर सार्वजनिक गरेको छ ।
दलाल पूँजीवादी सत्ताको चुनाव खारेज गराैँ! एकीकृत जनक्रान्तिमा अगाडि बढाैँ !! मूल नारासहित नेकपाले पाेष्टर सार्वजनिक गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.