तुलसीपुरका युवाहरुले भने ‘आचार्यले आत्मदाह गर्नुको कारण दलाल पुजीवादी राज्यसत्ता हो’

डेली न्युजराप्ती       ११ माघ २०७९ २१:१४ मा प्रकाशित     210 No Comments

माघ ११/तुलसीपुर । दाङको तुलसीपुरका देशभक्त युवाहरुले माघ १० गते काठमाडौं बानेश्वर स्थित संघिय संसद भवन अगाडि ईलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैलाई आगोले जलाई आत्मदाह गरि उपचारको क्रममा निधन भएको स्मृतिमा शोक तथा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
तुलसीपुरमा विभिन्न पेसा , व्यवसाय संचालन गरेका युवा उधमीहरुले तुलसीपुरको बिपि चोकमा शोक तथा बिरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

शोक तथा बिरोध कार्यक्रममा बोल्दै युवा उधमीहरुले भ्रष्ट व्यवस्था , गलत अर्थनीति , व्यापारिक सिन्डिकेट र दलाल पुजीवादका कारण इलामका युवा उधमी प्रेम प्रसाद आचार्य (सन्तोष)ले दुखद आत्मदाह बाटो रोज्नुपरेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै युवा उधमी हरिस गिरिले यो देशमा केही गर्छु भन्ने सपना देखेको एउटा उधमीलाई आत्मदाहको बाटो रोज्न बाध्य बनाउनेलाइ यथासिघ्र कार्वाही गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै तुलसीपुरका अर्का उधमी दिपक काफ्लेले आत्मदाह गरेका इलामका युवा उधमी प्रेम प्रसाद आचार्यलाइ सहिद घोषणा गर्नुपर्ने बताएका थिए ।

यस्तै कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै तुलसीपुरका युवा उधमी हिमाल डागीले यो भ्रष्ट व्यवस्था कायम रहेसम्म हजारौं प्रेम प्रसाद आचार्यहरु जल्नुपर्ने बाध्यता रहेको भन्दै यो व्यवस्थाको विरुद्ध संघर्ष गर्न सबै देशभक्त युवाहरु जुट्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै शैक्षिक व्यक्तित्व तथा उधमी बिमल गौतमले आत्मदाहको घटना निकै कारुनिक र दुखदायी रहेको भन्दै राज्यको गैरजिम्मेवारी र लाचारिपनको संकेत गरेका थिए । उनले राज्यसत्ता संचालकहरु बेलैमा सचेत रहन आग्रह समेत गरेका हुन् ।

कार्यक्रममा उधमी सपना भण्डारी , दुर्गा भण्डारी , हेमन्त प्रकाश वली लगाएतले शोक मन्तव्य राखेका थिए ।

शोक तथा बिरोध कार्यक्रममा देशभक्त युवाहरुले मैनवत्ती बालेर मृतक आचार्यप्रती भवापुर्ण श्रद्धाञ्जली अर्पन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार