हेमन्त प्रकाश ओली ।
पौष ६ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक शुक्रबार सम्पन्न भएको छ ।
दाङको तुलसीपुरमा सम्पन्न बिशेष बैठकले राज्यको षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।
बिशेष बैठकले पार्टी र तत्कालीन केपि ओली नेतृत्वको सरकारबिच भएको तिन बुदे सहमतीको गम्भीर उल्लंघन गर्दै राज्यले पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड सहितका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी अमेरिकी साम्राज्यवादको योजनामा नेपालको दलाल पुजीवादी सत्ताको षड्यन्त्र भएको निष्कर्ष निकाल्दै तिन बुदे राजनीतिक सहमती कार्यान्वयनका लागि चर्को जनदवाद सिर्जना गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले एनसेल काण्ड र राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध ब्युरो अन्तर्गतका सबै जिल्लामा व्यापक बिरोध प्रदर्शन , जुलुस प्रदर्शन लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।
बैठकले ब्युरो अन्तर्गतका सबै जिल्लामा २ महिने राज्यको षड्यन्त्रका विरुद्ध पार्टी संगठन बिस्तार तथा सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ भने राष्ट्रघात , जनघात , महंगी , कालोबजारी , भ्रष्टाचार , तस्करी , चर्को मुल्यबृद्धि एवम सामाजिक बिभेदका विरुद्ध जनसंघर्ष गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीको अध्यक्षता एवम सञ्चालनमा भएको बिशेष बैठकमा नेकपाका पोलिटब्युरो सदस्य आधार सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु सी , युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सी , पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी लगाएतको आतिथ्य रहेको थियो ।
बैठकमा ब्युरो अन्तर्गतका सबै जिल्लाका इन्चार्ज , जिल्ला सचिव एवम ब्युरो समितिका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ब्युरोको बिशेष बैठक लगत्तै सबै जिल्ला कमिटीको बैठक बसि जिल्लाको सापेक्षतामा थप निर्णयहरु गरिने ब्युरो कार्यालय सचिव विकाश सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.