अखिल(समाजवादी)का केन्द्रीय सचिव कपिल सी सर्वोच्च आदेशपछि रिहा!

डेली न्युजराप्ती       १८ श्रावण २०८१ ०९:०२ मा प्रकाशित     244 No Comments

काठमाडौ/अखिल समाजवादीका सचिव एवम् युवा नेता कपिल सी रिहा भएका छन् ।बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् ।

समाजसेवा, राजनीति र अध्ययनको क्रममा काठमाडौ रहि काम गरिरहेका कपिल सी र जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठबीच भएको सामान्य विवादका वीच उनलाई गत ८ गते प्रहरीले काठमाडौको हनुमानथानबाट पक्राउ गरेको कुरा अखिल समाजवादीले जानकारी दिएको छ।
कपिलको रिहाईका लागि अधिवक्ताहरु एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, चिरञ्जीवी ढकाल लगायतका कानुन व्यवसायीहरूले पहल गरेका थिए।
रिहापछि उनलाई अखिल समाजवादीले एक कार्यक्रमकाबीच सम्मान गरेको छ भने कार्यक्रममा अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी,मदन के सी,सुवास सी लगायतका विद्यार्थी नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार