युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव दाङमा,नेता-कार्यकर्ता द्वारा भव्य स्वागत

डेली न्युजराप्ती       १२ कार्तिक २०७८ १८:४७ मा प्रकाशित     765 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)लाई दाङमा भव्य स्वागत गरिएको छ।
नेकपाको सहायक संगठन युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन भोली कार्तिक १३ गते दाङको घोराही स्थित सहिद मन्चमा हुने उद्घाटन समारोहलाइ सम्बोधन गर्न विप्लव दाङ आएको संगठनले जनाएको छ।
यस्तै संगठनले भोली देखि सुरु हुने संगठनको चौथो राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। सम्मेलनमा सहभागी हुन विभिन्न जिल्लावाट प्रतिनिधि आउने क्रम जारी रहेको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितीका संयोजक पाटनले जानकारी दिनुभयो।

ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यामा संगठनले जिल्लाका मुख्य शहर घोराही,तुलसीपुर,लमही,भालुबाङ लगाएतका ठाउहरुमा सयौ झण्डा,ब्यानर टासेर रंगिचंगि बनाएको छ। यस्तै जिल्लाका विभिन्न ठाउमा स्वागत गेट,भित्तेलेखनका कामहरु सम्पन्न गरिसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार