हेमन्त वली श्रावन-११,दाङ
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिकाले घोराही उपमहानगरपालिका-१३ का सेक्रेटरी राम बहादुर बिकका बुवा मृतक कुले कामी प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं १३ का सदस्य रिकमान बिक तथा पार्टी सदस्यहरु खिम बहादुर बिक र हिम बहादुर बिक का बुवा समेत रहेका मृतक कामीको निधनले पार्टी मर्माहत भएको घोराही नगर इन्चार्ज तिलकले बताए।
नेकपा घोराही उपमहानगरपालिका इन्चार्ज तिलक,युवा संगठन नेपाल केन्द्रीय संयोजक पाटन , अनेरास्ववियु(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिल र युवा संगठन नेपाल घोराही उपमहानगर अध्यक्ष पदम चन्द आज मृतकको घरमै पुगेर श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रती समबेदना प्रकट गरेका हुन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.