जनमतसंग्रहका लागि अभियानमा होमियो युवा संगठन नेपाल, घोराही १ मा कमिटी गठन

डेली न्युजराप्ती       १५ पुष २०७८ १९:२३ मा प्रकाशित     462 No Comments


कोपिला बन्जाडे,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले जनमतसंग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउमा धमाधम कमिटी गठन गरेको छ।

संगठनले बिहीवार घोराही-बंगलाचुली कमाण्ड अन्तर्गत जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय भेला सम्पन्न गरेको जनाएको छ। भेलाले राकेश बिकको अध्यक्षतामा ६ सदस्यीय वडा कमिटी चयन गरेको हो।
नेकपा दाङ जिल्ला सदस्य दान बहादुर बुढाको प्रमुख आतिथ्य तथा नेकपा दाङ जिल्ला सदस्य छोटिलाल चौधरी, युवा संगठन नेपाल दाङका कार्यालय सदस्य पदम चन्दको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको संगठनले जनाएको छ। दधिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सदस्य मीन बहादुर बुढाले गरेका थिए। संगठनले जिल्लामा संचालन गरेको अभियान अन्तर्गत घोराही-बंगलाचुली कमान्डको नेतृत्व युवा संगठन नेपालका कार्यालय सदस्य पदम चन्दले गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार