काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा माथि झापामा आक्रमण भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी माथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमण बाट उनको निधारमा चोट लागेको छ ।
प्रहरीले थापा माथि आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेको बताइएको छ । बा १ झ ६५३ नं को गाडीमा सवार थापा माथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
गाडी बाट ओर्लिएर देश बिगार्ने यिनै हुन् भन्दै मुक्का प्रहार गरेको बताइएको छ । घटना पछि थापालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा प्राथमिक उपचार गरिएको र त्यसपछि उनी घर फर्किएको जनाइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.