नेकपा दाङद्वारा जिल्लाव्यापी भव्य मसाल जुलुस प्रदर्शन,भोलीको बन्द उल्लंघन नगर्न चेतावनी

डेली न्युजराप्ती       ६ भाद्र २०७९ २२:१८ मा प्रकाशित     415 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टी सहितका चार पार्टी सम्मलित मार्चाले नेपाल बन्दकाे घाेषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका हुन। बन्दकाे पूर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाका विभिन्न ठाउमा भव्य मसाल जुलुस निकालिएको छ।

नेकपाले जिल्ला सदरमुकाम घोराही अन्तर्गत मुख्य बजार तुलसीपुर चोक,रामपुर बजार,घोराही-तुलसीपुर सडक खण्डको सर्‍आ र नारायणपुर बजारमा सयौंको संख्यामा भव्य मसाल जुलुस प्रदर्शन गरेको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेका हुन् ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

दाङकामुख्यसहरघोराही,तुलसीपुर,लमही,भालुबाङ,राप्ती गाउँपालिका,गढवा,राजपुर,बंगलाचुली,बबई,दंगिशरण,शान्तिनगर गाउँपालिकाका मुख्य चोकहरुमा भव्य मसाल जुलुस प्रदर्शन गरिएको नेकपाले दाङले जनाएको छ।

यस्तै नेकपाद्वारा तुलसीपुरमा आयोजित मसाल जुलुस बिरेन्द्र चोकबाट सुरु भएर जेसिज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले राज्यले पार्टीका महासचिव विप्लव लगाएत २८ नेता विरुद्ध जारी गरेको पक्राउ पुर्जी खारेज गर्न आग्रह गरेका थिए। वक्ताहरुले तीन बुदे सहमती गरेर आफ्नो पार्टी शान्तिपुर्ण कार्यक्रमसहित जनताको बिचमा गइरहेको बेला तीन बुदे सहमती कार्यान्वयन गर्नुको साटो उल्टै अदालतद्वारा जारी गरिएको पक्राउ पुर्जी गम्भीर षड्यन्त्र भएको बताएका थिए।
पक्राउ पुर्जी खारेज नगरे पार्टीले अनिश्चितकालिन हड्ताल सम्मका कार्यक्रमसहित कडा संघर्ष गर्ने वक्ताहरुको उद्घोष थियो।
कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य राजुले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार