संसदिय चुनाव-आकाशमा वेल पाक्यो कागलाई हर्ष न विस्मात: तीन दल

डेली न्युजराप्ती       २४ कार्तिक २०७९ २०:१४ मा प्रकाशित     272 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम शर्मा कट्टेल नेतृत्वमा रहेको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीका नेताहरूले आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय निर्वाचन नेपालका मजदुर, किसान र देशप्रेमी जनताका लागि आकाशमा वेल पाक्यो कागलाई हर्ष न विस्मात जस्तै हुने भन्दै चुनावको औचित्य नरहेको टिप्पणी गरेका छ्न । आज राजधानी स्थिति शान्तिबाटिकामा आयोजित भन्डाफोर सभालाई सम्बोधन गर्दै तीन कम्युनिस्ट पार्टीका नेताहरूले यसरी टिप्पणी गर्दै चुनावमा मतदान नगर्न सार्वजनिक अपिल गरेका हुन।

नेपालको राज्य विदेशी स्वार्थको रक्षाकवच मात्रै हो : प्रकाण्ड
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले अहिलेको नेपालको राज्यसता र यसका अवयबहरु विदेशी साम्राज्यवादी र दलालहरुको स्वार्थको रक्षाकवचमा बदिलिएको बताएका छन । तीन कम्युनिस्ट पार्टीद्वारा काठमाडौको शान्तिबाटिकामा बिहिवार आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले यस्तो वताएका हुन।

एमसिसि पास गरिसकेपछि अमेरिकि स्वार्थलाई पुरा गर्ने एउटा टुल्सको रुपमा नेपालका दलहरूको गठबन्धन निर्माण हुन पुगेको र त्यसले मुलुकमा अझ संकट थपिन जाने तर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने– ‘नेपाल इतिहासमै अहिले सर्वाधिक खतरामा छ । यहाँको राज्य र संविधानको कारण यस्तो समस्या आएको हो । अहिलेको राज्यले नेपालका मजदुर, किसान बेरोजगार युवा र देशभक्त तथा मध्यम वर्गको प्रतिनिधित्व गर्दैन । यसले त साम्राज्यवादी डाकाहरुको मात्रै प्रतिनिधित्व गर्छ भन्ने कुरा प्रष्ट हुदै गएको छ ।’

मुलुक एकपछि अर्को राजनीतिक , आर्थिक खतरातिर मोडिदै जानु र यसबाट निकासका लागि नेपालमा पटकपटक आन्दोलन भएपनि क्रान्ति पुरा हुन नसकेको कारण औल्याउँदै उनले थपे– ‘जनता र राष्ट्रको असली प्रतिनिधित्व गर्ने पार्टी र नेतृत्व नभएकाले नेपाली क्रान्तिले पुर्णता प्राप्त गर्न सकेन । रुसमा कम्युनिस्ट पार्टी स्थापना भएको एक दशक भित्र समाजवादी क्रान्ति भएको थियो ।चिनमा पनि कम्युनिस्ट पार्टी निर्माण भएपछि क्रान्ति बिजय भयो । कोरिया, भियतनाम र क्युवामा पनि त्यस्तै भएको थियो तर नेपालमा सत्तरी वर्ष भन्दा बढी भयो पार्टी स्थापना भएको तर हामीले अझै सामन्तवाद र दलाल पुजिवादबाट मुक्ति पाएनौ । हामी जित्न सकेनौ । यसको मुख्य कारण जनताको आफ्नै पार्टी र नेता जन्माउन सकिएन । हामीले नेपाली क्रान्तिका बिगतका धोका र असफलताबाट शिक्षा लिएर स्वाधीनताका लागि फेरि लड्नु पर्ने भएको छ् । उनले थपे-” देशको अर्थतन्त्र निकै खराब हुदै गएको स्थिति छ ।अर्थतन्त्रका सुचकहरु नकारात्मक हुदै गएका आकडाहरु सार्वजनिक हुदै गएका छन । देश श्रीलंका हुन सक्छ भन्दै अर्थसाश्त्रीहरुले विश्लेषण गरिरहेका छन । निरपेक्ष गरिवि र महङ्गी आकाशिदै छ । एमसिसि पास गरेर देशलाई नवउपनिवेशमा परिणत गरिएको छ । यसरी देशलाई बर्वादी गर्ने पार्टी र नेताहरूलाई फेरी मतदान गर्नु भनेको देशलाई थप बर्वादीको दिशातिर लैजान लाइसेन्स दिनु हो ।

सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता भ्रस्टाचार र कुशासन हावि छ । जनताका लागि चुनाव आकाशमा वेल पाक्यो कागलाई हर्ष न बिस्मात जस्तो भएको छ ।

मुलुकमा दिनप्रतिदिन राज्य र नागरिक विच आपसी भरोसा टुट्दै गएको र विद्यमान पार्टी र तिनका नेताहरुले समकालीन समस्या र मुद्दालाई सम्बोधन गर्न नसक्ने स्थिति बन्दै गएको र यसको मुख्य कारण अहिलेको राज्यको संरचानागत आधार नै दलाल भएको तथा यसलाई बदल्न र परिवर्तनको लागी जनतालाई सुसज्जित गर्न आफुहरुले खारेजको कार्यनीति लिएपछि राजयले दमन गरिरहेकोबारे प्रस्ट्याउदै प्रवक्ता प्रकाण्डले -तपाईहरुलाई भोट माग्ने अधिकार छ, भने हामीलाई भोट नहाल्नुहोस भन्न पाउने अधिकार हुन्छ , हामीले जनतालाई यति भनेकै कारण राज्यले हामी माथि दमन ,धरपकड र गिरफ्तारी गर्न पाउदैन तर हाम्रा नेता कार्यकर्ता र कलाकारहरु पक्राउ गर्ने काम भैरहेको छ । यदि तपाइहरु यसरी नै जाने हो भने जनताले तपाइहरुलाई पनि ठिक पार्ने छ्न । हामीले अहिलेको व्यवस्था र बैज्ञानिक समाजवाद विच जनमतको परिक्षण गर्न जनमत संग्रहको माग गरेका थियौ । यी पार्टीहरुले किन नमानेको? सहि र गलतको फैसला जनतालाई स्वतन्त्र रुपमा गर्न किन दिइएन? यदि तपाहरुसंग जनमत र जनताको भरोशा हुन्थ्यो भने किन गठबन्धन बनाउनु पर्यो? भन्दै उनले प्रतिप्रश्न गरे ।

नेपालको संविधान जनतालाई ठग्न बनाइएको जाली दस्तावेज हो : कट्टेल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पुराना वामपन्थी एबम कम्युनिस्ट नेता ऋषिराम कट्टेलले नेपालको संविधान नेपाली जनतालाई लुटखसोट गर्नका लागि दलाल पुजीवादीहरुले जनतालाई ठग्न बनाएको जाली दस्तावेज भएको उल्लेख गरेका छन । संविधानमा कैयौं राम्रा कुरा राखेको जस्तो देखिएको भएपनि ति कार्यान्वयन कहिल्यै हुन नस्क्ने भन्दै तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदिय चुनाव विरुद्ध देशव्यापी भन्डाफोर अभियान अन्तर्गत आज राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै कट्टेलले उक्त कुरा उल्लेख गरेका हुन ।

” अहिलेको चुनाव भनेको संसदवादीहरुले आफुले गरेका जनविरोधी र राष्ट्रविरोधि कुकर्मलाई तथाकथित जनादेशको जामा लगाउन गरिएको षड्यन्त्र हो । यसक्रममा हाम्रा नेता कार्यकर्ता र कलाकारहरुलाई शान्तिपुर्ण गतिविधि समेत गर्न दिएको छैन । डडेलधुरामा सागर ढकाललाई प्रचारप्रसार समेत गर्न नदिएको कुरा आइरहेको छ ।” उनले भने “संसदवादीहरुले अहिले गर्ने चुनाव भनेको इन्डो अमेरिकी योजनामा आधारित छ । यिनिहरु चुनाव जितेर आएपछि एसपिपि कार्यान्वयन गर्छन र एकपटक नेपालमा फेरि खम्पा विद्रोह जन्माइने खतरा छ । त्यसो भयो भने देशको स्थित के हुन्छ हामीले विचार गर्न जरुरी छ ।”

यो चुनाव संसदवादीहरुको कलाविहिन अभिनय हो : आहुती

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव बिश्वभक्त दुलाल (आहुती )ले आगामी मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनाव र उनीहरुको तथाकथित लोकतन्त्र कलाविहिन नाटक भएको टिप्पणी गरेका छन । संसदिय व्यवस्था भनेको एउटा निश्चित वर्गको सत्ता स्वार्थका लागि मात्रै हो,जनताका लागि यसको औचित्य नरहेक पुष्ठि भएको भन्दै चुनाव खारेज / बहिष्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीद्वारा बिहीबार राजधानीको शान्तिबाटिका स्थिति आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्दै महासचिव आहुतीले यस्तो टिप्पणी गरेका हुन।

भन्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा नेता आहुतीले भने -“संसदवादीहरुले पाँच वर्ष अघि झुटो बोलेका थिए भन्ने कुरा आज सबैले देखिने गरी स्पष्ट भयो । उनिहरु फेरि झुक्याउने भन्दा अरु केहि गर्न सक्ने हैसियतमा पनि छैनन । केहि मान्छेहरु युरोप अमेरिकामा पनि संसदिय व्यवस्था छ त्यसैले व्यवस्था मुख्य समस्या होइन भन्छ्न तर त्यो सत्य होइन । युरोप अमेरिकाले एशिया अफ्रिका र ल्याटिन अमेरिकि देशमा उपनिवेश कायम गरेर लुटेर जम्मा गरेको धनले उनिहरु धनि भएका हुन । यो तथ्यलाई लुकाउने गरिएको छ । संसारमा कहिपनि संसदिय व्यवस्थाले आफ्नै माटोमा उभिएर देश बनाएको इतिहास छैन । नेपालमा पनि त्यहि व्यवस्था रहेकाले देशमाथी उठ्न सम्भव छैन । त्यसैले समस्या व्यक्तिमा होइन व्यवस्थामा छ ।”

नेपाल भएको अहिलेको प्रणाली दलाल उत्पादन सम्बन्धमा आधारित भएको र यसलाई बदल्नु जरुरी रहेको भन्दै महासचिव आहुतीले – यो व्यवस्था दलाल पुजीवादी व्यवस्था हो त्यो भनेको हाम्रो देशमा केहि पनि उत्पादन हुनै सक्तैन भन्ने कुरा प्रस्ट छ । जब उत्पादन केहि पनि नहुने हो र सबै कुरा बाहिर बाट ल्याएर खानुपर्छ भन्ने हो भने यसले रोजगारी सिर्जना कसरी हुन्छ । हामीले पञ्चायतदेखि यस्ता चुनावहरु धेरै पटक भोगि सक्यौ । यी चुनावहरुले हरेक पटक नयाँ-नयाँ राष्ट्रघाती जन्माउछ, त्यसैले यो चुनावको भन्डाफोरको अर्थ यो व्यवस्थाकै भन्डाफोर गर्ने र जनतालाई उठाउने कुरा हो भने ।

तीन पार्टीद्वारा आयोजित कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा महिला नेतृ सशिकला घिमिरेले नेपालको महिला आन्दोलन र जनवादी आन्दोलन उठाउन पहल गर्नुपर्ने कुरामा जोड गर्दै मन्तव्य राखे कि थिइन । नेकपा उपाध्यक्ष आर बि भण्डारीले अध्यक्षता गरेको भण्डाफोर कार्यक्रममा राजेश्वरी सुवेदीले मन्तव्यद्वारा स्वागत गरेकि थिइन भने कार्यक्रमको सञ्चालन नेकपाका पोलिटव्युरो सदस्य तथा प्रगतिवादी श्रस्टा चिरन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार