कञ्चन-सुदर्शनको रणनीति नेकपालाइ ध्वस्त पार्ने हो:जनक

डेली न्युजराप्ती       १९ मंसिर २०७९ १६:४० मा प्रकाशित     399 No Comments

मंसिर १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङका नवनिर्वाचित सेक्रेटरी (सचिव) जनक सीले पार्टीबाट पलाएन भएका कञ्चन-सुदर्शनको रणनीति नेकपालाइ ध्वस्त पार्ने रहेको जिकिर गरेका छन ।
आज सोमबार तुलसीपुरमा पार्टीको तुलसीपुर उपमहानगर कमिटीको बैठकमा मन्तव्यको क्रममा नेता जनकले उक्त कुरा बताउनुभएको हो ।

पार्टीको तुलसीपुर उपमहानगर कमिटीको बैठकमा मन्तव्य राख्दै नेता जनकले भन्नुभयो – ‘ पार्टी र क्रान्तिबाट भागेका कञ्चन-सुदर्शनको रणनीति क्रान्ती गर्ने होइन बरु नेकपालाइ कसरी ध्वस्त पार्न सकिन्छ भन्ने हो । दिनरात नेकपालाई कसरी समाप्त पार्न सकिन्छ भनेर साम्राज्यवादि मुलुकको डिजाइनमा कञ्चन-सुदर्शनहरुले हर्कत गरिरहेका छन । इमानदार पार्टी कार्यकर्तालाई भ्रम दिइरहेका छन । भ्रमित नहुनु कमरेडहरु ! हामिले एकीकृत जनक्रान्ती छोडेका छैनौं बरु हामी नेपालको मौलिकतालाई पकडेर मालेमाबादका आधारभुत मान्यतालाइ पकड्दै बिद्रोहको अभियानमा छौं । पार्टीको सम्पत्ती कुम्ल्याएर पार्टी र क्रान्तिवाट कुलेलम ठोक्ने कञ्चन-सुदर्शनले छरेको भ्रममा कोहिपनी पर्नु हुदैन ।’

नेपालमा क्रान्ती सम्भव छ , उनले थपे – ‘हामी नेपालमा क्रान्ति सम्भव छ ,जित्न सकिन्छ भनेर क्रान्तिमा होमिएका छौँ । हामिलाई मृत्यु स्विकार्य छ तर धोका र सम्झौता हुनेछैन । पटकपटक धोका र गद्दारी भोगिसकेका हामी आफैले धोका दिनेछैनौ बरु अब बिद्रोह संगठित गर्ने बेला हो ।’

एक फरक प्रसंगमा बोल्दै नेता जनकले नेपालका सच्चा क्रान्तिकारी ,कम्युनिस्टहरुबिच सहकार्य एकता आवश्यक रहेको स्पस्ट पार्नुभएको थियो । नेपालमा संसदीय व्यवस्थाका विरोधी शक्ति एकठाउमा उभिनुपर्छ , उहाले थप्नुभयो ‘संसदवाद असफल भएको वेला हो यो । हामी कम्युनिस्ट क्रान्तिकारीहरुले अब दलाल पुजीवादी संसदीय व्यवस्थालाई मिल्काएर यसको ठाउमा जनताको आफ्नै शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न गोलबन्द हुनुपर्छ ।’

बैठकको अध्यक्षता नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार