एमसिसी नेपाली जनताले पास गरेका छैनन् : पिबिएम सन्देश 

डेली न्युजराप्ती       १८ आश्विन २०८० २०:३३ मा प्रकाशित     255 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य सन्देश सीले  एमसीसी सम्झौता  संसदमा पास भएपनि नेपाली जनताले पास नगरेको बताएका छन्  । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  पार्टी पिबिएम सन्देश सी एमसीसी परियोजनाबारे  नेपालमा गरिएको प्रचार गलत भन्दै चीन शक्तिशाली रुपमा उदयमान भइरहेको हुँदा अमेरिकाले चीनलाई घेर्ने रणनीतिअनुसार एमसीसी सम्झौतालाई योजनाबद्द ढंगले अगाडि बढाएको बताए ।

एमसीसी मार्फत नेपालमा अमेरिकी सेनाहरु आएर  चीनका विरुद्धमा गतिविधि गर्ने र संयुक्त शैन्य अभ्यास अगाडि  बढाउदै नेपालको राजनीति घटनाक्रमलाई परिवर्तन गरेर जेलेन्स्की खडा गर्ने र नेपाललाई युक्रेन जस्तो बनाउने अमेरिकाको योजना रहेको नेता सन्देशको स्पष्ट पारे  । `जेलेन्स्की प्रवृत्ति हो र त्यो प्रवृत्ति नेपालमा अमेरिकी साम्राज्यवादले ल्याइदिएको छ।  ´ उनले भने त्यो जेलेन्स्की प्रवृत्तिलाई सत्तामा ल्याउने र चीन विरुद्ध अमेरिकाले लडाइ लड्ने र एसियाको युक्रेन रुपमा नेपाललाई अगाडि बढाउने योजनासहित एमसीसीलाई अगाडि बढाइएको छ ।´

`विकास नाममा विनास बोकेर आएको एमसीसी सम्झौतालाई नेपाललाई लागू हुन दिनु हुँदैन्´ उनले भने ` एमसीसी सम्झौता संसदमा पास भएपनि नेपाली जनताले पास गरेका छैनन् । एमसीसी सम्झौता कार्यान्वयन भयो भने नेपाल युक्रेन बन्ने खतरा छ । एमसीसी सम्झौतालाई खारेजी गर्नका लागि सम्पूर्ण पार्टी, देशभक्त, वुद्दिजीवी, व्यापारी, सचेत युवा तथा आम नागरिक एकजुट भएर लड्न तयार हुनुपर्छ ।´ 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले एमसीसी परियोजना सम्झौता शैन्य रणनीतिमा जोडिएको  बताए । उनले साम्राज्यवादी अमेरिकाले नेपालमा सेना लिएर बसाल्यो भने नेपाल युक्रेन बन्ने खतरा भएको कुरामा जोड दिँदै एमसीसी सम्झौतालाई कार्यान्वयन गर्न दिन नहुने स्पष्ट पारे  । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङ जिल्ला समन्वय समितिका सचिव विश्वराज आचार्यले एमसीसी परियोजना सम्झौता अपमान जनक भएको बताए । उनले   नेपाल सरकारको संसदबाट पास भएको ब्याख्यात्मक टिप्पणीलाई अमेरिकाले नेपालको कानुन विपरीत काम गरेमा त्यसको विरुद्धमा सडक र सदनबाट  आफ्नो पार्टी नेतृत्व गर्न तयार रहेको उद्घोष गरे । 

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले एमसीसी परियोजना नेपालीको हितमा नभएको भन्दै यसको विरोधमा सम्पूर्ण देशभक्त नागरिक एक ठाउँमा हुनुपर्ने बताए । 

कार्यक्रममा नेकपा मसाल दाङका भरत भण्डारी,रामप्रसाद जैसी,  राष्ट्रिय स्वतन्त्र पार्टी दाङका संयोजक भक्त डाँगी, क्रान्तिकारी कम्युनिस्ट पार्टी  नेपालका प्रतिनिधि अम्मर खड्का,  दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, राप्ती इञ्जिनियरिङ क्याम्पस  प्रवन्ध निर्देशक डा. भिमसेन गिरी, बेलझुण्डी क्याम्पसका पूर्व क्याम्पस प्रमुख  बंशीधर आचार्य, अखिल (क्रान्तिकारी) दाङका सदस्य खुम रिजालले पार्टीको स्वार्थ भन्दामाथि उठेर एमसीसी परियोजनाको बिरोध गर्नुपर्ने र  देश बचाउनुपर्ने अभियानमा सबै एक ठाउँमा  हुनुपर्ने कुरामा जोड दिए । उनीहरुले एमसीसी राष्ट्र र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय भएको भन्दै  यसको खारेजी हुनुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीको अध्यक्षता एवं पार्टीका पिबिएम सन्देश सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सी लगायतका   जिल्लामा रहेका विभिन्न दलहरूको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको  थियो । 

पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण  पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इञ्चार्ज प्रदीप सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार