तुलसीपुरको पहलुवामा अनेमसङ्घ क्रान्तिकारीको कमिटी गठन

डेली न्युजराप्ती       २३ आश्विन २०८० २१:३९ मा प्रकाशित     109 No Comments

असोज २३ , तुलसीपुर । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तुलसीपुर -२ पहलुवामा कमिटी गठन गरेको छ ।

मङ्गलबार संगठनले पहलुवामा शान्ता चौधरीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा अनिता चौधरी , सचिवमा रुपा चौधरी , सह-सचिवमा गिता चौधरी र कोषाध्यक्षमा हिरामोती चौधरी रहेका छन् ।

संगठनको उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी , नेकपा तुलसीपुरका सचिव शिव सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सी ,अनेमसङ्घ क्रान्तिकारीकि पश्चिम दाङ जिल्ला अध्यक्ष कमला सी लगाएतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार