इजरेल–प्यालिष्टिन युद्ध के हो ? – अनिल सी

डेली न्युजराप्ती       २७ आश्विन २०८० ०७:२० मा प्रकाशित     172 No Comments

रोमन सभ्यतादेखि अरबीमुलका प्यालेष्टिनीहरु इजरेलमा बस्दै आएका थिए । तर बाइबलमा सो भूभाग यहुदीहरुको भएको कुरा उल्लेख छ । धार्मिक मुल्यमा कुनै दुष्टले लेखिदिएको भरमा यहुदीहरुले सो भूभाग माथि दाबी गर्ने गर्थे । सन् १९४८ मा अमेरिका विश्व शक्तिमा आएपछि ब्रिटेनको व्यवस्थापनमा पश्चिमाहरुले प्यालेष्टिनी भू–भाग कब्जा गरेर इजरेल देश निमार्ण गरे । संसार भरीका यहुदीहरु त्यहाँ जम्मा हुन थाले । सन १९४७ मा जेरुसलेमलाई अन्तर्राष्ट्रिय शहर घोषणा गरिएको थियो । जसमाथि इस्लाम,इसाई र यहुदी तीनै समुदायहरुले पवित्र स्थल मान्छन । प्यालेष्टिनीहरुले जेरुसलेमको गरिएको पश्चिममाहरुको निर्णयलाई स्वीकार गरेनन् । प्यालेष्टिनी भू–भाग अतिक्रमण गरेर इजरेलले ६ लाख जनसंख्या विस्तार गरेको छ र जेरुसलेम माथि कब्जा गरेको छ ।प्यालेष्टिनीहरु माथिको ज्यादती विरुद्ध सन् १९७३ मा भयानक प्रतिरोध भएको थियो । जसलाई उसै बेला आश्चार्यजनक भनिएको थियो । सन् १९८०,१९८२ र २००० मा एकपछि अर्को प्रतिरोध सुरु भयो । अमेरिकाको एकछत्र राज,इजरेलको प्रगति हेरेर कतिपय अरब नेताहरु इजरेलप्रति नरम भएका थिए । शनिबारको हमासको प्रतिरोधलाई अरब नेताहरुलाई चोटिलो जबाफ बन्न गएको छ ।सीमानामा इजरेलको अन्तर्राष्ट्रिय गुप्तचर विभाग मोसाद,आन्तरिक गुप्तचर विभाग सीनबेट,ड्रोन र सिसी क्यामरा जडित निगरानी, सेन्सर जडित काँडेतारबार,शक्तिशाली फौज र सेनाको रमन सबै फिका साबित भए । २० मिनेटमा पाँचहजार भन्दा बढी रकेट आक्रमण भएको भन्ने हमासको दाबीले साम्राज्यबादको श्रेष्ठता माथि वैचारिक,राजनीतिक र मनोवैज्ञानिक असफलता भन्नुपर्ने हुन्छ ।७ अक्टोबर २०२३ मा विहान ८ बजे हमासले गरेको ‘अल –अक्सा फ्लड अपे्रसन’ ले प्रविधि,धन हतियार,फौज सबै मान्छे, र सत्य तथा न्याय भन्दा बलिया हुदैनन् भन्ने तथ्यलाई सावित गरेको छ । किनकी अमेरिका र सम्पूर्ण पश्चिमी शक्तिहरुले आफ्नो शक्ति प्रयोग गर्ने समय नै पाएन । घटनापछि इजरेलको पक्षमा जर्मनी,फ्रान्स र अमेरिका उभिएका छन । प्यालेष्टिनीको पक्षमा इरान,कतार र साउदी अरब प्रारम्भमानै उभिए । सन् १९७३ पछिको सबै भन्दा ठूलो आक्रमण पश्चात आक्रमण र प्रत्याक्रमण जारी छ । इजिप्टमा २ जना इजरेली पर्यटक मारिएका छन । अतिक्रमण गरेर बस्ति बसालेको इजरेल अधिनस्थ भू–भागबाट बिस्थापित हुने लहर छ । संसारभरका इजरेलीहरु असुरक्षित भएका छन र देश फर्किन थालेका छन । अमेरिकाको न्यूर्योकमा इजरेली र प्यालेष्टिनी समर्थकको तनावपूर्ण प्रदर्शन भएको छ । क्यानडामा स्वतन्त्र फिलितिनको नारा लागेको छ । प्यालेष्टिनीको पक्षमा क्यानडामा विजयउत्सव मनाईएको छ । बर्लिनमा इजरेलको पक्ष र हमास विरुद्ध प्रदर्शन भएको छ । फ्रान्सले आईफिल टावरमा बत्ति निभाएको छ । इरानले उत्सव मनाएको छ । यसरी विश्व भयानाक ध्रुवीकरणतिर गएको छ र आक्रमण प्रत्याक्रमण जारी नै छ । घटना कसरी किनारा लाग्छ भन्न सकिने स्थिति छैन । आणवीक अस्त्रको त्रासदी पनि फैलिएको छ । इरान समर्थक लेबनानी हिजबुल्लाह हमासले आफूलाई इरानले सहयोग गरेको दाबी गरेको छ । इरान आणवीक शक्ति सम्पन्न देश हो ।अमेरिकी विश्व बर्चश्वमाथि यो प्रहार त हुँदै हो । उता इजरेलका सञ्चार माध्यमले यस्तो आक्रमण किन रोक्न सकिएन ? प्रश्न गरेका छन् । सरकार उच्च स्तरिय छानविन गठनमा नै सीमित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार