नेकपा पश्चिम दाङले मंसिर ८ गते १०औं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने

डेली न्युजराप्ती       १ मंसिर २०८० १६:३१ मा प्रकाशित     506 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर १ , तुलसीपुर । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला समितिले १०औं पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने जनाएको छ ।

शुक्रवार तुलसीपुरमा बसेको पार्टीको अनौपचारिक बैठकले पार्टी पुनर्गठन दिवस भव्य ढंगले मनाउने निर्णय गरेको हो ।

 आज भन्दा १० वर्ष अघि तत्कालीन मोहन वैद्य नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी -माओवादीबाट बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको दिनलाई स्मरण गर्दै नेकपाले प्रत्येक वर्ष मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी आफ्नो राजनैतिक कार्यक्रम वैज्ञानिक समाजवाद र सामरिक कार्यक्रम एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन गर्दै दुई वर्षको प्रतिबन्ध र १२ जना शहिदको बलिदानसहित दलाल पुजिवादी उत्पादन सम्बन्धसंगको नेपाली जनताको प्रधान समस्या हल गर्न संघर्षको दिशामा अघि बढिरहेको छ ।

मंसिर ८ गतेका दिन २०५८ सालमा माओवादीले जनयुद्ध सुरू गर्दा जनमुक्ति सेनाको औपचारिक रूपमा घोषणासमेत गरेको थियो । त्यही सम्झनामा नेकपाले मंसिर ८ गतेको दिनलाई विशेष रूपमा हेर्दै आएको छ ।

यता नेकपा पश्चिम दाङ जिल्ला समितिले १०औं पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने बताएको छ ।

नेकपा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले  पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने साथै केन्द्रीय समितीबाट आउने कार्यक्रमलाई पनि लागू गरिने बताए ।

अनौपचारिक बैठकमा नेकपाले पार्टीको आत्मनिर्भर बन्ने नीति अन्तर्गत जिल्लामा गरेको उत्पादनको समीक्षा समेत गरेको छ।

पार्टीका जिल्ला सचिव निर्मल सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य शितल सी , केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज प्रदिप सी ,पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य विकाश सी , युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सी , महासचिव तिलक सी लगाएतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार