माघ २०/ दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम् दाङका इन्चार्ज प्रदिप सीले तुलसीपुर-लमहि सडकले नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताएका छन् ।
आज सामाजिक संजालमा फेसबुकमा स्टाटस लेख्दै नेता प्रदिपले सडक त बनाएनौ बनाएनौ नागरिकको स्वास्थ्य त बचाइदेउ न भन्दै आग्रह गरेका छन् ।
उनले लेखेका छन् ‘तुलसीपुर – लमही सडकको खाल्डाखुल्डी पुर्ने काम सचेत अगुवा नागरिकहरूको पहलमा सम्पन्न भयो तर उक्त सडक निकै धुलाम्मे भएको हुदा त्यसले सडक वरपरका र यात्रा गर्ने आम नागरिकको स्वास्थ्यमा असर परेको छ । अतः दुईवटा उपमहानगरपालिका कार्यालय , वार्ड कार्यालय , सडक डिभिजन कार्यालय , फोरलेन सडक आयोजना कार्यालय र सम्बन्धित निकायले आम नागरिकको स्वास्थ्यमा ध्यान दिदै दैनिक पानी हाल्ने ब्यबस्था तत्काल गर्नको लागि गम्भीर ध्यानाकर्षण गरिन्छ ।
सडक त बनाएनौ बनाएनौ नागरिकको स्वास्थ्य त बचाईदेउ न।’
नेता प्रदिपले सडकका खाल्डाखुल्डी पुर्ने काम सचेत अगुवा नागरिकहरूको पहलमा सम्पन्न भएको तर उक्त सडक निकै धुलाम्मे भएको हुदा त्यसले सडक वरपरका र यात्रा गर्ने आम नागरिकको स्वास्थ्यमा असर परेको बताउदै दैनिक पानी हाल्ने व्यवस्था तत्काल गर्नको लागि आग्रह समेत गरेका छन् ।
दैनिक सयौँको संख्यामा सवारी साधन आवागमन गर्ने फराकिलो सडक पनि साँघुरिदै गएको छ । सडक स्तरोन्नतीको नाममा सडकलाई ठाउँ–ठाउँमा चिरा पारिएको छ । सडक निर्माणको नाममा अस्तव्यस्त हुँदा २४ किलोमिटरको दूरीको यात्रा घण्टौँ लाग्ने गरेको छ ।
सडक निर्माणमा ढिलासुस्ती हुँदा एकजनाको सडकको खाल्डोमा परेर तुलसीपुर–१० राइखलियानका चुडामणि भण्डारीको मृत्यु भइसकेको छ । साँघुरो सडक, सवारीको चाप बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । घोराही–तुलसीपुर दुई उपमहानगरपालिका जोड्ने सडकको अवस्था हो यो ।
घोराही–तुलसीपुर सडक फोरलेन स्तरोन्नतीको काम शुरू भएको वर्सौ भएको छ । तर यस अवधिमा प्रगति भने करिब ७ प्रतिशतमात्रै छ । कोरोना महामारीलगायतको कारण देखाउँदै सडक निर्माण शुरू गरिएको वषौँ बितिसक्दा पनि सडक अवस्था झन् दिनप्रतिदिन बिग्रन थालेको छ । सडकलाई फराकिलो बनाउने काम सुस्त गतिमा हुँदा घोराही–तुलसीपुरको यात्रामा सधैँ सास्ती हुने गरेको छ ।
सडक निर्माणको काम अलपत्र हुँदा हिउँदमा धुलो र वर्षामा हिलोले घोराही र तुलसीपुरको यात्रा कष्टकर हुने गरेको छ । निर्माण थालेको लामो समयसम्म पनि कामको प्रगति नहुँदा पनि ठेकेदारलाई कारवाही हुन सकेको छैन् । सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती पाएका छन् भने ठेकेदारलाई मस्ती भएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.