आईपिएल २०२४:कोलकत्ताको व्याटिङ नचल्दा घरेलु मैदानमा चेन्नाईको सहज जित

डेली न्युजराप्ती       २७ चैत्र २०८० ०७:३८ मा प्रकाशित     66 No Comments

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो ।

कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए । यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे ।

शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे ।

कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए ।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको। कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाए ।

कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै नरिनले २७ तथा आँगृष रघुवंशीले २४ रन जोडे । अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहेन ।

चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए ।

जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ । कोलकत्ता भने चौथो खेलमा पहिलो हात बेहोर्दै दोस्रो स्थानमा छ ।

आईपिएलमा आज हुने खेलमा पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार