बिश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ संग टि-२० खेल्ने

डेली न्युजराप्ती       २७ चैत्र २०८० ०७:४० मा प्रकाशित     80 No Comments

एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना हुनेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ ।

नेपाली टोली त्यसपछि विश्वकपको तयारीका लागि अमेरिका प्रस्थान गर्ने प्रारम्भिक तयारी छ । प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदैछ । हाल भारतमा रहेको टोली सिधै ओमान प्रस्थान गर्ने कार्यक्रम छ ।

यसै जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार