मुल्यबृद्धीका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी एक घण्टा चक्काजाम

डेली न्युजराप्ती       २८ कार्तिक २०७८ १२:२१ मा प्रकाशित     360 No Comments

हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा गरिएको चरम मुल्यबृद्धीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घण्टा चक्काजाम गरेको छ।

विहान १० बजेदेखी ११ बजेसम्म जिल्लाका मुख्य शहरहरु घोराही,लमही,तुलसीपुर,भालुबाङ,गढवा,राजपुर,दंगिशरणको रगैचा,शान्तिनगर,बबई गाउपालिकाको हापुरे लगाएतका ठाउहरुमा एक घण्टा चक्काजाम गरेको नेकपाले जनाएको छ।

तुलसीपुरको बिरेन्द्र चोकमा चक्काजाम पछि कोणसभा गर्दै नेकपा दाङले ३० गतेको नेपाल बन्द सफल बनाउन सम्पुर्ण दाङवासीलाई अपिल गरेको छ। कोणसभालाइ सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समिती सदस्य एवम दाङ जिल्ला अध्यक्ष सन्जयले नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरि मनोमानी ढंगले राज्यले पेट्रोलियम पदार्थमा गरेको चरम मुल्यबृद्धी खारेज गराउन आफुहरुले नेपाल बन्द आह्वान गरेको बताए। नेता सन्जयले मंहगिको विरुद्ध आफुहरु निरन्तर सडकमा संघर्ष गर्दा अरु कोहिपनि बोल्न किन नसकेको भन्दै प्रश्न गरेका थिए। कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य बिजय मल्लले गरेका थिए।

नेकपा दाङले भोली कार्तिक २९ गते मुल्यबृद्धी विरुद्ध जिल्लाभरी दिउँसो सिट्ठी जुलुस र साझ मशाल जुलुस कार्यक्रम गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार