दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते

डेली न्युजराप्ती       ६ भाद्र २०८२ १२:३८ मा प्रकाशित     208 No Comments

काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार