नेकपा (माओवादी)ले दाङमा विविध कार्यक्रम गर्दै मनायो ३१औँ जनयुद्ध दिवस

डेली न्युजराप्ती       २ फाल्गुन २०८२ १९:४२ मा प्रकाशित     31 No Comments

फागुन १,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले जिल्लाका विभिन्न ठाउँमा कोणसभा , अविर आवरण गर्दै ३१औँ जनयुद्ध दिवस मनाएको छ ।
शुक्रबार पार्टीले जिल्लाका १० वटै पालिकाका मुख्य बजारहरुमा कोणसभा , अविर आवरण गर्दै दिवस मनाएको हो ।

oppo_0
oppo_0

पार्टीको तुलसीपुर नगरसमितिको आयोजनामा आयोजित कोणसभा सहितको अविर आवरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य सविन सीले दिवसको अवसरमा न्यायप्रेमी जनसमुदायलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘जनयुद्धले उत्पीडित जाती , क्षेत्र , वर्ग समुदायलाई जुरुक्क उठाएको हो । नेपाली समाजको चेतनालाई जनयुद्धले माथि उठाएको हो । किसान , मजदुर , दलित , महिला , सुकुम्बासीलाई एक हदसम्म अधिकार दिलाएको हो । तर जनयुद्धले पुरानो सत्ताको संसदीय चरीत्र भत्काउन सकेको छैन् । हामिले संसदीय व्यवस्थाको विघटनका लागि पनि संघर्ष गरेका हौं तर तत्कालीन नेतृत्वको विचलनले त्यो पुरा भएन , हामिले त्यहिभएर प्रचण्ड-बाबुरामसँग अलग भएर एकीकृत क्रान्तिको नेतृत्व गरिरहेका छौँ ।’

नेता सविनले प्रचण्ड-बाबुरामको बिचलनले माओवादी पार्टीप्रति जनतामा चरम वितृष्णा पैदा भएको बताउँदै आँफुहरुले विप्लवको नेतृत्वमा माओवादी पार्टीको नविकरण गर्न लागेको बताउनुभएको हो ।

’प्रचण्ड-बाबुरामले माओवादीलाई चरम बदनाम बनाए । अहिले गाउँमा जनयुद्धमा जस्तो माओवादीप्रति आकर्षक छैन् ,तर हामिले माओवादी पार्टीको रिब्राणडिङ गर्न खोजेका छौँ ,’ उहाँले थप भन्नुभयो, ‘अब विप्लवले नेतृत्व गरेको नयाँ माओवादी पार्टी नै जनताको असल प्रतिनिधि पार्टी हो ।’

कार्यक्रममा पार्टीबाट दाङकि समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी)ले शुभकामना व्यक्त गर्नुभएको थियो ।

दिवसमा आयोजित कोणसभा कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य बिजय कुमार मल्लले गर्नुभएको हो ।

यस्तै नेकपा (माओवादी)ले ३१औँ जनयुद्ध दिवसको अवसरमा बबई गाउँपालिका-३ हंसपुरमा निर्मित एकीकृत जनक्रान्तिका सहिद गादिराम राणा (महान)को शालिकमा टिकाआवरण गरेको छ ।

यस्तै पार्टीले बबई-२ स्थित सुवाखोरे सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरुसँग मैत्रीपुर्ण भेटघाट कार्यक्रम मार्फत ३१औं जनयुद्ध दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

माओवादीले जनयुद्ध दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

oppo_0

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार