नेकपा राजपुर गाउकमिटीद्वारा २७औ जनयुद्ध दिवसको अवसरमा बिबिध खेलकुद प्रतियोगिताको आयोजना

डेली न्युजराप्ती       २ फाल्गुन २०७८ ०८:३३ मा प्रकाशित     619 No Comments


श्रवण कुमार यादव।
राजपुर,दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउकमिटीले २७ औं जनयुद्धको वार्षिकोत्सबको अवसरमा घैंटा फोड प्रतियोगिता,टीका आवरण सहित शुभकामना आदानप्रदान गर्दै उत्सवको रुपमा मनाएको छ।

नेकपा राजपुरले २७ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको घैंटा फोड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महेश चौधरी, द्वितीय स्थान हासिल गर्न सफल हुने अतिसा चौधरी र तृतीय श्रेणी हासिल गर्न सफल भएकी रोसनी चौधरीलाई नगद पुरस्कर दिई पुरस्कृत समेत गरिएको नेकपा राजपुर गाउकमिटिले जनाएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा राजपुर गाउपालिका इन्चार्ज उज्वलले महान जनयुद्धले जनताका समस्या जनवादी राज्यसत्ताद्वारा हल गर्न र अमुल परिवर्तन लागी नेपाली श्रमिक मुक्तिकामी जनताको बलद्वारा लडिएको लडाइको कार्यभार पुरा गर्न र सहादत प्राप्त गर्ने वीर सहिदहरुको रगतको अभिभारा पुरा गर्नका आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ दृढ रहेकोप्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य हरि यादवको आतिथ्य रहेको थियो। अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङका उपाध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य समता बुढाथोकीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार