दाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाइ विप्लव निकट युवा संगठन नेपालको सुझाव पत्र, इमेल मार्फत पत्राचार

डेली न्युजराप्ती       ७ फाल्गुन २०७८ २१:२४ मा प्रकाशित     796 No Comments


हेमन्त प्रकाश वली। फागुन ७, तुलसीपुर। विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाइ सुझाव पत्र पेश गरेको छ।

दाङबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरु हिराचन्द्र केसि,कृष्ण बहादुर महरा, मेटमनी चौधरी,शान्ता चौधरी, गंगा चौधरी,पार्वता डिसि र बिमला नेपालीलाई संगठनले इमेल मार्फत एमसिसी सम्झौता विरुद्ध संसदमा विपक्षमा मत जाहेर गर्न अनुरोध सहितको सुझाव पत्र पेश गरेको हो।

सुझाव पत्रमा अमेरिकी साम्राज्यवादि रबैया र एमसिसी सम्झौतामा उल्लेख गरिएका प्राबधानहरुले देशलाइ तत्कालीन,मध्यकालिन र दीर्घकालीन असर गर्ने बताइएको छ। सुझाव पत्रमा एमसिसी सम्झौतामा व्यवस्था गरिएका धारा ६ को दफा ६.४ , धारा ६ को दफा ६.८, धाराको ७ को दफा ७.१, अनुसुची ५ को (क) र अनुसुची ५ को (ख) लगाएत अरु धारा उपधाराहरुलाइ गहिरो गरि अध्यन गरि जनतालाइ प्रष्ट पार्न जरुरी रहेको समेत उल्लेख गरिएको छ। यस्तै पत्रमा एमसिसी सम्झौता बिगतमा गरिएका राष्ट्रघाती सन्धी सम्झौता भन्दापनी खतरनाक रहेको स्पष्ट उल्लेख छ।

शनिबार इमेल मार्फत पेश गरिएको सुझाव पत्रमा लेखिएको छ,” तपाईलाई जनताले जुन बिश्वास र भरोसाका साथ आफ्नो अमुल्य मत जाहेर गरेका छन,त्यसको सहि कदर गर्नुहुनेछ। एमसिसि जस्तो राष्ट्रघाती विषयमा तपाईं दुबिधामा पर्नु हुने छैन। एमसिसिले देशलाइ राष्ट्रिय युद्ध र गृह युद्धमा धकेल्ने छ। यसबाट नेपाल र नेपालीले ठूलो जन धनको क्षती व्यहोर्नुपर्ने अनिवार्य छ। यस्तो प्रकारको क्षती हुनबाट देशलाइ बचाउन तपाइको निर्णायक र महत्वपूर्ण भुमिका रहने छ। तसर्थ एमसिसी सम्झौताको विपक्षमा यहाको मत रहनेछ भन्नेमा आम जनता बिस्वस्त छन।”

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीद्वारा हस्ताक्षरित सुझाव पत्र दाङमा संगठनले प्रतिनिधि सभाका सदस्यहरुलाइ इमेल मार्फत पठाइएको संगठनका जिल्ला इन्चार्ज मनोजले जानकारी दिनुभएको छ।

सुझाव पत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार