गढवा गाउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार गणेश चौधरी चुनावमा भिड्दै

डेली न्युजराप्ती       १५ बैशाख २०७९ १३:२६ मा प्रकाशित     517 No Comments


बैशाख १५,दाङ। दाङको गढवा गाउपालिकाको अध्यक्षमा स्वतन्त्रबाट गणेश चौधरी(कुमाल) चुनावमा होमिएका छन।
नेकपाको समर्थन रहेका कुमालले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा गाउपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन। यस्तै पालिकाको उपाध्यक्षमा पदमा स्वतन्त्रबाट चन्द्र बहादुर केसिले मनोनयन दर्ता गराएका छन।

गढवा गाउपालिकाका वडाहरु १,४,५,६ र ७ मा पनि स्वतन्त्र उम्मेदवारहरु चुनाव होमिएका छन।
गाउपालिकाको वडा नं. १ मा नेकपाको समर्थनमा यज्ञ बहादुर कुमालले स्वतन्त्र वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन। गाउपालिकाका अन्य वडाहरु ४,५,६ र ७ बाट विभिन्न पार्टीवाट बिद्रोह गरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार