जेठ २,दाङ। प्युठानको माण्डवी गाउपालिकाका २ वडामा स्वतन्त्र जनपक्षीय उम्मेदवारको प्यानल बिजयी भएका छन।
गाउँपालिकाको वडा नं. १ र ४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु निर्वाचित भएका हुन।
माण्डवी गाउपालिका-१ मा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार बाम बहादुर बुढा(पवन) निर्वाचित भएका छन। उनि ७७० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ६२८ मत प्राप्त गरेका थिए।
यस्तै गाउपालिकाको वडा नं. ४ मा नेकपा प्युठानका सेक्रेटरी डिल बहादुर घर्ती(अजय) निर्वाचित भएका छन।
नेकपाको समर्थन र अन्य केही दलको गठबन्धनबाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका घर्तीले ६४७ मत ल्याएर वडा अध्यक्षमा बिजयी भएका छन। उनका निकटतम प्रतिद्वन्दीले ५८४ मत प्राप्त गरेका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.