दाङको राप्ती गाउँपालिकाद्वारा निरन्तर तापक्रम बढेपछि गर्मी बिदा थप

डेली न्युजराप्ती       ३० जेष्ठ २०८० १८:२३ मा प्रकाशित     214 No Comments

देउखुरी । दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठनपाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी विदा थप गरेको गाउँपालिकाले जनाएको छ ।

गत जेठ २४ गतेदेखि २६ गतेसम्म पहिलो चरण गर्मी विदा गरेको पालिकाले २७ गतेदेखि पुनः पढाई सञ्चालन गर्न भनेको थियो । तर शिक्षासंग सरोकार राख्ने सरोकारवालाहरुले विद्यालयमा पठन पाठन स्थगित गर्न सुझाव दिए पछि मंगलबार एक विज्ञेप्ती निकालेर जेठ ३१ गतेदेखि असार १ गतेसम्म हिउँदे र बर्खे विदा कट्टी हुने गरी विद्यालयमा गर्मी विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार