देशभर पुर्वराजाको शालिक पुनर्स्थापनाको होडबाजी: हिंसाको संकेत,तुलसीपुरमा पनि बिरेन्द्रको शालिक

डेली न्युजराप्ती       १९ जेष्ठ २०७९ २२:३१ मा प्रकाशित     381 No Comments


जेठ १९,दाङ।नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको राजा वीरेन्द्रको शालिक प्रहरीले हटाएको छ ।
शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले गोली समेत चलाउन पर्यो। प्रत्यक्षदर्शीले ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ । झडपमा प्रहरी र आन्दोलनकारी दुवै दर्जन बढी घाइते भएको वताइएको छ।

धम्बोझी चोकलाई  सशस्त्र र जनपद प्रहरीले घेरा हालेको  थियो। आवतजावत रोकिएको थियो। दिउसोसम्म नेपालगन्जको स्थिती तनावग्रस्त बन्यो।
अहिले झडप रोकिनुको साथै स्थिति प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

प्रशासनले धम्बोझी चोकमा रहेको राजा बिरेन्द्रको शालिक हटाएपछी  राप्रपाले राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा उत्पन्न तनावग्रस्त अवस्थाले उग्ररूप लिएकाे हो।

प्रहरीले नेपालकाे इतिहासलाई समेत हस्तक्षेप गरेकाे भन्दै आक्राेशित भिडले सहिद सेतु विककाे शालिक समेत ताेडफाेड गरेकाे थियो।
भिड नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर समेत गरेकाे थियो। अहिले पहिले भन्दा अवस्था नियन्त्रणमा आएकाे भएपनि छिटपुट रुपमा नाराबाजी भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन।

धम्बोझी चोकलाइ किन जोडियो तुलसीपुरको बिरेन्द्र चोकसंग?

नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा बिरेन्द्रको शालिक प्रशासनले हटाएपछी उत्पन्न तनावग्रस्त अवस्थालाई चिन्ता र चासोका साथ हेरिरहेका दंगाली तुलसीपुरबासी जनताले आफ्नै नगरमा राखिएको राजा बिरेन्द्रको शालिकसंग तुलना गरेका छन।

गत चैत्रमा तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको नेतृत्वमा पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक तुलसीपुरको बिरेन्द्र चोकमा राखिएको थियो।
२०६२/६३ को जनआन्दोलनमा आन्दोलित तत्कालिन नेकपा (माओवादी)ले पूर्व राजा वीरेन्द्रको शालिक तोडफोड गरेर चोकबाट हटाएका थिए । पुर्वराजा वीरेन्द्रको शालिक हटाएपछि कतिपयले गणतन्त्र चोक पनि भन्ने गरेका थिए। शालिक राख्ने वडा अध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन।
तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष बिरेन्द्र शाहको नेतृत्वमा राजा बिरेन्द्रको शालिक पुन: राखिएपछी चौतर्फी बिरोध भएको थियो। बिशेषगरि माओवादी तप्काले शालिक पुनर्स्थापनाको खुलेर बिरोध गरेको थियो।

तत्कालीन नेकपा(माओवादी) र संसदवादी दलहरुको संयुक्त पहलमा २०६२/६३ को जनआन्दोलनबाट राजतन्त्र फालेर मुलुकमा गणतन्त्र स्थापना गरिएको थियो।
मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको तर पुर्वराजाका शालिक पुनर्स्थापना गरेर ऐतिहासिक उपलब्धिका विरुद्ध केही समुह सक्रिय रहेको प्रती माओवादी तप्का आक्रामक बनेको छ।

यता नेपालगन्जको धम्बोझी चोकमा पुर्वराजा बिरेन्द्रको शालिक प्रशासनले हटाएपछि नेपालगन्ज अशान्त बनेजस्तै अधिकांश मानिसहरुको ध्यान तुलसीपुरको बिरेन्द्र चोकमा केन्द्रित हुन पुगेको छ।
गत चैत्रमा तुलसीपुरको बिरेन्द्र चोकमा पुर्वराजा बिरेन्द्रको शालिक पुनर्स्थापना गरिए लगत्तै चौतर्फी बिरोध सुरु भएको थियो। कतिपयले शालिक पुनर्स्थापनाको चर्को बिरोध गर्दै इटको जवाफ पत्थरले दिने चेतावनी समेत दिएका थिए।

ऐतिहासिक उपलब्धि र परिवर्तनका विरुद्ध कुनै शक्ति परिचालित भए समाजमा द्वन्द्व भड्किने खतरा रहेको बुद्धिजीवीहरुले बताएका छन।

नेपालगन्ज जस्तै शालिकको विषयमा समाज बिभक्त भए हिंसा भड्किने खतरा रहेको एक बुद्धिजीवीले न्युजराप्तीसंग कुरा गर्दै बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार