कमल विश्वकर्मा,ललितपुर। विद्यार्थी माथि अनैतिक सम्बन्धको प्रस्ताव राख्ने पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक लाई कडा कारबाही गर्न नेकपा निकट अखिल (क्रान्तिकारी) ले माग गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राध्यापक ढाकाराज पन्तलाई कारवाही गर्न माग गरिएको हो।
अखिल (क्रान्तिकारी) कास्कीका इन्चार्ज तारा सञ्ज्याल मार्फत जारी गरीएको विज्ञप्तिमा पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक ढाकाराज पन्तले लामो समयदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि समाजिक सञ्जाल मार्फत अनैतीक प्रस्ताव राख्ने गरेको र सो विषय बाहिर आएको खण्डमा राम्रो नहुँने भनि धम्की दिएको कुरा उल्लेख गरिएको छ । विश्वविद्यालय जस्तो सम्मानित शिक्षालयमा यस्तो किसिमको व्यवहार हुने कुरा दुःखद, खेदजनक, र लजास्पद छ। यो विषय विद्यार्थिलाई डर त्रास र धम्काएर टालटुल पार्न खोजेमा अखिल(क्रान्तिकारी)संग भएको प्रमाण सार्वजनिक गर्दै कडा संघर्ष गर्ने कुरा समेत बिज्ञप्तिमा स्पष्ट पारिएको छ। बिज्ञप्तिको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.