नेकपा घोराही उपमहानगर कमिटीको सेक्रेटरीमा पुर्व जनमुक्ति सेनाका कमान्डर महान निर्वाचित

डेली न्युजराप्ती       १२ भाद्र २०७९ ००:१५ मा प्रकाशित     589 No Comments


भदौ ११,घोराही। नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको सेक्रेटरीमा पुर्व जनमुक्ति सेनाका कमान्डर महान निर्वाचित भएका छन।
शनिबार घोराहीमा सम्पन्न घोराही उपमहानगरपालिका स्तरीय सम्मेलनले नेता महानको नेतृत्वमा ३३ सदस्यीय उपमहानगर कमिटी निर्वाचित गरेको हो।

नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्य तथा युवा सगंठन नेपाल केन्द्रिय अध्यक्ष पाटन अखिल नेपस्ल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका, थारू मुक्ती मोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष चुलुवा, सुकुम्बासी संगठनका जिल्ला अध्यक्ष छोटिलाल, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष पंचराम, श्रमिक समुदाय मोर्चा नेपाल दाङका जिल्ला अध्यक्ष बिस्णु,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय खिम, अखिल(क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष खुमन, नेकपा दाङ जिल्ला सल्लाहकार कमिटी सदस्य नबराज, राष्ट्रिय बामपंथी मोर्चा नेपालका केन्द्रीय सदस्य मगल थारूको विशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो।

नेकपा दाङ जिल्ला कमिटी सदस्य दान बहादुरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता उपमहानगर कमिटीका इन्चार्ज निर्मलले गरेका थिए भने संचालन पार्टीका जिल्ला कमिटीका सदस्य मोतिले गरेका हुन।
सम्मेलनबाट नवबिर्वाचित सेक्रेटरी महानले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार