अखिल(क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य उषाकिरणद्वारा नेकपा(बहुमत)मा आवद्ध नरहेको जानकारी

डेली न्युजराप्ती       १८ जेष्ठ २०७९ १२:१४ मा प्रकाशित     318 No Comments


जेठ १८,दाङ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य उषाकिरण आजादले आफू नेकपा(बहुमत) मा आवद्ध नरहेको बताएका छन।

आजादले सामाजिक संजाल फेसबुक मार्फत आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आफु नेकपा(बहुमत) पार्टीसँग आवद्ध नरहेको र उक्त पार्टीप्रती आफ्नो कुनैपनि सम्बन्ध नरहेको विज्ञप्ति मार्फत सहर्ष जानकारी गराएका छन।

यस्तो छ बिज्ञप्तिको पूरा पाठ:

        विषय : विज्ञप्ति 

कमरेडहरू, प्रीयजन एवम् आदरणीय जनसमुदायहरू !
सर्वप्रथम नेपाली धरतिमा संचालन महान जनयुद्ध , जन-आन्दोलन मधेस आन्दोलन, थारूहट आन्दोलन, जनजाती आन्दोलन लगाएत संसारका सम्पुर्ण मुक्ती आन्दोलनमा शोषित-उत्पीडित जनताका लागि आफ्नो कुर्वानी गर्ने ती असाधारण योद्धाहरू प्रती इन्कलावी अभिवादन, एवम् बेपत्ता योद्धाहरूमा उच्च सम्मान । साथै पछिल्लो समय संचालित एकीकृत जनक्रान्तीमा आफ्नो जीव बचाउँने लोभ नगरी बलिदान गर्ने योद्धाहरूप्रती उच्च सम्मान सहित लालसलाम ! घाईते योद्धाहरूको स्वास्थलाभको कामना ।
विश्व कम्युनिस्ट आन्दोलन संकटमा परेकोबेला नयाँ उचाईमा उठाएर विश्वजगतलाई नयाँ सन्देश दिने माओवादी आन्दोलनका सम्पुर्ण नेताहरूलाई हार्दिक आभार सहित धन्यवाद ! साथै र कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलनलाई बद्नाम बानाउने, सर्वहारा जनताको झण्डालाई भोटमाग्ने थैलोमा रूपान्तरण गरेर उनिहरूका एजेन्डाको व्यापार गर्ने, मार्क्सले शोषित उत्पीडित एवम् सर्वहारा श्रमजीवी वर्गलाई प्रदान गरेको विचार-दर्शनको व्यापार गरेर संसदवादका लागि लुछाछुडिँ गर्ने र आन्दोलनलाई धोका दिनेहरूको कडा सब्दमा निन्दा एवम् भ्रत्सना गर्दछु ।
कमरेडहरू, पछिल्लो समय कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्न नयाँ पार्टीको गठन भएको छ । त्यो हो नेपाल कम्युनिस्ट पार्टी (बहुमत) यो पार्टी विचार, सिद्धान्त र दार्शनिकरूपमा ठिकै रहेको छ भने यो नेकपा(बहुमत) संगठनात्मक रूपमा पनि ठिकै अभ्यास गरिराखेको छ । र यसले आफुले भ्याएसम्म जनवादको अभ्यास गरिरहेको पनि छ ।
मैले आफ्नो निर्णय सुनाउनुपर्दा यहाँहरूलाई नरमाईलो पनि लाग्नसक्छ । हाम्रा लागि मैले अप्रिय निर्णय गरेको पनि हुनसक्छु परन्तु खास समयमा गरिने निर्णय अप्रिय लागेपनी ती निकै महत्त्वपूर्ण हुन्छन् ।
हुन त म कुनै जिम्मेवारी पनि थिइन र छैन । परन्तु नेकपा(बहुमत) लाई मैले समर्थन गरेको थिएँ साथै यसमा आबद्ध पनि भएको थिए । म नेकपा(बहुमत) पार्टीसँग आवद्ध नरहेको र उक्त पार्टीप्रती मेरो कुनै पनि सम्बन्ध नरहेको यसै विज्ञप्ति मार्फत सहर्ष जानकारी गराउन चाहन्छु ।
आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई उचाईंमा उठाउन, सच्चा कम्युनिस्टहरूलाई एकतबद्ध बनाउ, देशभक्तिपुर्ण आन्दोलन र जनताले संचालन गर्ने हरेक आन्दोलनको अग्र मोर्चामा रहेर काम गर्न प्रयत्न गर्ने पनि यसै वक्तव्य मार्फत जानकारी गराउन चान्छु । साथै सबैले व्यापार बनाएको नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आ-आफ्नो ठाँउबाट गम्भीर भएर सोच्न र हातेमालो गर्नका लागि पनि सबैमा अनुरोध गर्दछु ।।
अन्तमा यहाँसम्म आउन यो निकै कठिन र लामो यत्रामा विभिन्न किसिमले सहयोग गर्ने सम्पुर्णप्रती धार्दिक आभार अनि धन्यवाद साथै उहाँहरूप्रती म सदा ऋणी रहने छु !

 क्रान्तिकारी लालसलाम सहित !! 
     उषाकिरणआजाद
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार