जनता जगाउदै सामना परिवार,पार्टीको आसन्न नवौं महाधिवेशनका लागि सांस्कृतिक अभियान

डेली न्युजराप्ती       २१ भाद्र २०७९ १२:४७ मा प्रकाशित     431 No Comments


दाङl नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन लागि सामना सांस्कृतिक परिवारले देशव्यापी सामना सांस्कृतिक अभियान गरिरहेको छ ।
साेही अभियान सोमबार धनुषा जिल्लाको जनकपुरधाममा नवौं महाधिवेशन लागि सामना सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज देवनारायणले मधेसी जनताको मुक्तिका लागि एकीकृत जनक्रान्ति अनिवार्य भएको बताउनुभयो । जनता मुक्त नभएसम्म अन्तिमसम्म लड्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको संचालन केन्द्रिय सामना परिवार संयोजक आराेह नेपालीले गर्नुभएको थियो ।
कार्यक्रममा सामना सांस्कृतिक परिवारले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेको थियो । कार्यक्रम हजारौं जनसमुदायका बिच सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार