दाङ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि ‘सी’ लेखिने घोषणा गरेका छन् । शिवगढीमा नवौं महाधिवेशनको वुधवार समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताए । उनले कम्युनिस्टहरु अन्तर्राष्टिय जाती हुने बताउँदै जातीय विभेद र उत्पीडनको अन्त्य गर्न एउटा नयाँ जातिको अभ्यासका लागि विप्लवको पछि ‘सी’ लेखिने बताएका छन् उनले ‘सी’ भनेको कम्युनिष्ट हो, कम्युनष्टि भनेको साम्यवादी हो र यो अन्तर्राष्टिय जाती हो । यो सवै नेता कार्यकर्तालाई लागु गर्न निर्देशन दिएका छन् । महाधिवेशनमा उपस्थिति प्रतिनिधि एवं कार्यकर्ताले महासचिव विप्लवको उक्त प्रस्तावलाई पारित गरेका छन् । उक्त निर्णयसँगै विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भएका छन् । नेकपाबाट विसर्जित भएका, कारवाहीमा परेका र अवसरको खोजीमा पार्टी चाहारिरहेका डुलेवाहरु नेकपाको ‘सी’ लेख्ने निर्णयबाट आतंकित भएका छन् र नेकपालाई बदनाम गर्न खोजिरहेका छन् । नेकपाप्रतिको लोकप्रियता बढ्दै गएपछि वाम खोलका लिनप्याओवादी, अवसरवादी र फुटवादीहरुले सामाजिक सञ्जालमा कुण्ठा पोखिरहेका छन् । महासचिव विप्लवले कम्युनिष्ट जाति भनेको नयाँ दृष्टिकोण भएको भन्दै सवै कम्युनिष्ट जाति मात्र हुने र हरेकले नामको पछाडिको थर हटाएर सी लेख्नुपर्ने वताए । महासचिव विप्लवले अव नेकपाले दुई वटा कार्यनीति लिएर जनतामा जाने उद्घोष गरे । उनले नयाँ समाजवादी जनसत्ता र राष्टिय स्वाधीनतको कार्यनीति लिएर नेकपा जनतामा जाने वताए ।उनले दलाल संसदीय व्यवस्थाको निर्वाचन नेकपाले सशक्त रुपमा खारेज गर्ने वताए । महाधिवेशनले हरेक दुई महिनाको एक दिन कम्युनिष्ट श्रमदिनको पारित गरेकाले सवै कम्युनिष्ट नेता कार्यकर्ताहरुले एक दिन सामुहिक श्रम गर्नु पर्ने उहाँल वताए ।महासचिव विप्लवले सहिद बेपत्ता र घाईते अपांग कोषको निमार्ण गर्ने र त्यो कोषवाट समस्यामा परेका परिवारलाई सहयोग गर्ने नीति लिएको पनि वताए । उनले एमसीसीले लिएको जग्गामा अब कम्युनिष्ट झण्डा फहराउने र कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नदिने ठोकुवा गरे ।महाधिवेशन सफल,एकतावद्ध र विजयी भएको भन्दै महासचिवले दुश्मनको कुुप्रचारका विरुद्ध लड्न पनि सवैलाई आग्रह गरे । महाधिवेशनले राष्टियता,जनतन्त्र र जनजीविका सम्वन्धिका विभिन्न १० वुँदे प्रस्तावहरु पनि पारित गरेको छ ।गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने भनिएपनि समय लम्विएकाले कार्तिक २ गते मात्र सकिएको छ । महाधिवेशनमा देशभर वाट करिव ६ सय वढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
जनबाटोबाट…
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.