नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद

डेली न्युजराप्ती       २० श्रावण २०७८ २०:१४ मा प्रकाशित     504 No Comments


रमेश प्याकुरेल २० श्रावण,बर्दिया। नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट भारी मात्रामा अवैध हड्डी बरामद गरेको छ।

बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र र बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले २१ हजार किलोग्राम अवैध हड्डी बरामद गरेको हो ।

भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले लामो समयदेखि विभिन्न जनावरहरूका हड्डी अवैध रूपमा सङ्कलन गरी भारत निर्यात गर्ने गरेको सूचनाका आधारमा गएको टोलीले हड्डी बरामद गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी बर्दियाले चोरीतस्करी ,भ्रष्टाचार, लागूऔषध नियन्त्रणजस्ता सामाजिक रूपान्तरणको अभियान चलाइरहेको बेला नियन्त्रणमा लिइएको बाँसगढी नगर इन्चार्ज शक्तिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार