एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

डेली न्युजराप्ती       १५ आश्विन २०७९ १९:१४ मा प्रकाशित     459 No Comments


असोज १५,तुलसीपुर। एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको छ ।
शनिबार तुलसीपुरमा सम्पन्न संस्थाको प्रथम साधारण सभाले प्रदिप बहादुर वलीलाइ अध्यक्षमा निर्वाचित गर्दै ११ सदस्यीय नया कार्यसमिति निर्वाचित गरेको छ।

यस्तै संस्थाको प्रथम साधारण सभाले ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती, ४ सदस्यीय ऋण परिचालन उप-समिती र ३ सदस्यीय शिक्षा उप-समिती समेत निर्वाचित गरेको हो।
प्रथम साधारण सभामा नेकपाका केन्द्रीय सदस्य वल वहादुर वली(शितल)को प्रमुख आतिथ्य, संस्थाका शेयर सदस्यहरु प्रदिप बहादुर वली, लोक बहादुर वली, तिलक योगि, बिजय मल्ल र पत्रकार हेमन्त प्रकाश वली लगाएतको आतिथ्य रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी वल बहादुर वली(शितल)ले संस्थाको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष भरत वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु रै बहादुर बस्नेत, इन्द्र बहादुर वली, बिजय मल्ल, पत्रकार हेमन्त प्रकाश वली, खिमा वली, भद्र बहादुर वली, तिलक योगि,लोक बहादुर वली,प्रदिप बहादुर वली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष पोषण बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाको सहजीकरण संस्थाका शेयर सदस्य जिबनी चौधरीले गर्नुभएको थियो।

संस्थाको प्रथम साधारण सभाले शेयर सदस्यहरु वृद्धि गर्ने,सहकारी संस्थाको क्षेत्राधिकार विस्तार गर्ने,संस्थाले कृषि उत्पादन सम्बन्धी कार्य गर्ने,संस्थाको क्षेत्राधिकार भित्र रहने थप व्यवसायहरु संचालन गर्ने लगाएतको निर्णय गरेको छ।
प्रथम साधारण सभामा संस्थाका करिव १०० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार