म विप्लव त्यसै बनिन् !

डेली न्युजराप्ती       ६ माघ २०७९ २१:३२ मा प्रकाशित     1179 No Comments

साथी ! म विप्लव त्यसै बनिन्!
प्लस टु पास गरेर जब तिमी प्लेनमा उड्यौ ,
आखाले देख्दासम्म जहाजलाई हेरेको छु ,
हो साथी ! जब तिम्रो शव बाकसमा आयो , म त्यसै दिन विप्लव बनेको हु ।

बुवा ! म विप्लव त्यसै बनिन् !
आमाले भुटेका मकै र रोटी झोलामा बोकेर स्कुल जादासम्म ,
धुलोमाटोमा काठका गाडी गुडाउदै लड्दासम्म म विप्लव बनिन् ।
आमा ! डिग्रीका सर्टिफिकेट काम नलागेपछि म विप्लव बने
जागिरका लागि टेवुलमुनीबाट मागिएको रकमका विरुद्ध म विप्लव बने ।

म विप्लव त्यसै बनिन् प्यारी !
विप्लव बन्नु कठिन छ ।
थाहा छ मलाइ विप्लवी बाटो संघर्षपुर्ण नै छ ,
प्यारी ! म स्वाभिमान गुमाएर बाच्न चाहान्न ।
मान्छे मान्छेबिचको असमानता हेर्न चाहान्न ,
कोहि धनी , कोहि गरिव , कोहि उच कोहि निच भएको चाहान्न ,
म चाहान्छु संसारका मानिसको एउटै वर्ग र एउटै जाती ,
त्यसैले म विप्लव बने प्यारी !

काका ! म विप्लव त्यसै बनिन् !
तिम्रो भारतमै बितेको मजदुरी जीवन बदल्न विप्लव बने ,
चण्डिगढ र हिमाचलमा तिमिले पाएको “बहादुर गोर्खे” उपनाम बदल्न ,
मलाया छाउनी र अरवका गल्लिको जीवन बदल्न विप्लव बने ।
हो काका ! विप्लव त्यसै बनिन् म !

काकी ! म विप्लव त्यसै बनिन् !
मैले तिम्रो पिठ्युँको भारीको वजन महसुस गरेको छु ,
बिदेशमा पुगेको एक्लो छोराको तस्वीर टासेर रुदै पोखेको बेदना बुझेको छु मैले ,
दशकौंदेखि खाली खुट्टा र पटपटी फुटेका पैतला हेरेको छु मैले ,
काकी ! तिमी जस्तैको सत्ता ल्याउन म विप्लव बनेको हु ।

गुरु ! म विप्लव त्यसै बनिन्
म तपाईंको शिक्षालयमा प्रथम भएको बिद्यार्थी हु ।
तर म अज्ञानी बिद्यार्थी !
मैले तपाइँका अस्ट्रेलिया , क्याणडा , अमेरिका जाने सुझाव लत्याएको हु ।
म विप्लव रहरले बनिन् गुरु !
मैले पुजीवाद पढे र मैले समाजवाद पनि पढे ,
मैले गरिबीको कारण पुजीवाद बुझे ,
गुरु ! म आफ्नो पुर्पुरो ठोक्दै भाग्यको लेपन लाएर बस्न सकिन ,
त्यसपछी म विप्लव बने गुरु !

भाइ ! म विप्लव त्यसै बनिन् !
सिटामोल नपाएर छट्पटी देखेको छु मैले ,
पेटभरी खाना नखाएर कराएको तिम्रो पेटको आवाज स्पर्श गरेको छु मैले !
हो त्यसैदिन हो भाइ , म विप्लव बनेको !
पेटभरी खाना पाउनको लागि म विप्लव बने !

डा.साब ! म विप्लव त्यसै बनिन् !
अशान्ती मेट्न , समृद्धि ल्याउन र स्वाधीनताका लागि म विप्लव बनेको हु !
मलाइ थाहा छ डा.साब यो बाटो कठिन छ ,
तर विप्लवी बाटो सत्य पनि छ !

(लेखक: कवि हेमन्त प्रकाश वली जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

म बिदेशीएको मान्छे

२ बैशाख २०८१ ०७:४१

नारी दिवसको सुभकामना

२४ फाल्गुन २०७९ ०७:४९

छोरी के तिमी सुरक्षीत छौ?

७ श्रावण २०७८ २३:००