प्रिय जनयुद्ध तिमी महान छौँ : जनक सी

डेली न्युजराप्ती       २९ माघ २०८० २१:०७ मा प्रकाशित     302 No Comments

कबिता 

शासकहरुको निद्रा हरायौं

सामन्तहरूको धज्जी उडायौं

जाली फटाहा लाई नेटो कटायौं

तानासाह लाई घुँडा टेकायौं

प्रिय जनयुद्ध त्यसैले तिमी महान छौं

तिम्रा गौरवका गाथाहरु

गायर कहिलै थाकिने छैन

तिम्रा इतिहासका  पानाहरु

च्यातेर कसैले च्यातिने छैन

त्यसैले प्रिय जनयुद्ध

तिमीलाई रातो सलाम छ। 

बोल्न नजान्नेलाई बोल्न सिकायौं

सुतेकाहरु लाई उठ्न सिकायौ

उठ्न नजान्नेहरु लाई हिड्न सिकायौं

हिड्न नजान्नेहरु लाई लड्न सिकायौं

प्रिय जनयुद्ध त्यसैले तिमी महान छौं

तिम्रो बिद्रोहका आवाजहरु

थुनेर कसैले थुनिने छैन

तिमीले तय गरेका यात्राहरु 

रोकेर कसैले रोकिने छैन

त्यसैले प्रिय जनयुद्ध 

तिमीलाई रातो सलाम छ। 

किसान,मजदुरहरु लाई जगायौं

महिला,श्रमिक हरु लाई उठायौं

मधेश,पहाडहरु लाई ब्यूझायौं

रोल्पा रुकुम हरु लाई दौडायौं

प्रिय जनयुद्ध त्यसैले तिमी महान छौं

तिमीले बगायका रगतका भेलहरु

त्यसै खेर जाने छैनन्

सहिदहरुले बनायका बाटाहरू 

भत्कायर कसैले भत्किने छैन

त्यसैले प्रिय जनयुद्ध 

तिमी लाई रातो सलाम छ। 

असुरहरु लाई सुर बनायौं

अछुतहरु लाई बिर बनायौं

अनाडीहरु लाई खेलाडी बनायौं

गुलेली खेलाउने हातलाई बन्दुक चलाउन सिकायौं

प्रिय जनयुद्ध त्यसैले तिमी महान छौं

तिम्रा बिरताका गाथाहरु

बयान गरेर सकिने छैन

तिम्रा युद्ध का कथाहरु 

सुनायर कहिलै सकिने छैन

त्यसैले प्रिय जनयुद्ध

तिमी लाई रातो सलाम छ। 

निराशाहरु लाई आशामा बदलेऊ  

सपनाहरु लाई बिपना बनायौं

दुखहरुलाई सक्तीमा बदलेऊ

साहसहरु लाई लक्ष्यमा बदलेऊ

प्रिय जनयुद्ध त्यसैले तिमी महान छौं

तिमीले जगायका आशाका किरणहरु

छेकेर कहिलै छेकिने छैन

तिमीले देखायका सपनाहरु 

लक्षमा नपुगी रोकिने छैन 

त्यसैले प्रिय जनयुद्ध 

तिमी लाई रातो सलाम छ। 

प्रिय जनयुद्ध 

तिमी थाक्ने छैनौं

तिमी पछि हट्ने छैनौं 

तिम्रो सगरमाथा चुम्ने लक्ष्य अझै भेटियको छैन

तिम्रो समाजबादको  यात्रा अझै रोकियको छैन

त्यसैले तिमीले बिश्राम लिने होइन। 

किनकी !

अझै तिम्रो धेरै कार्यभार बाँकी नै छ

भ्रस्टचार लाई मेटाउनु छ

गरिबीलाई हटाउनु छ

साम्राज्यवाद लाई भगाउनु छ

बिभेदको पर्खाल भत्काउनु छ

युवाहरुलाई फर्काउनु छ

प्रिय जनयुद्ध !

फेरि नयाँ यात्रा तय गर्नु छ

समाजवाद को यात्रा

एकिकृत जनक्रान्तिको यात्रा

नेपाली जनताको मुक्तिको यात्रा

त्यसैले प्रिय जनयुद्ध 

तिमी लाई नयाँ यात्राको लागी सलाम

समाजवादी यात्राको लागी सलाम । 

२९ माघ २०८०

लेखक : जनक सी ( सेक्रेटरी : नेकपा पुर्वी दाङ )

घोराही दाङ। 

महान जनयुद्धको सबैमा ,हार्दिक सुभकामना!

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार