अवतारसिंह पाश
हामी लड्छौं साथी उदास मौसमका लागी
हामी लड्छौं साथी गुलाम इच्छाका लागी
हामी चुन्छौ साथी जिन्दगीका टुक्राका लागी
हथौडा अहिले पनि चल्दैछ, उदास आकाशमा
हलोको डोब अहिले पनि बन्दैछ, दुःखी धर्तीमा
यी काम हाम्रा बन्दैनन् प्रश्न नाँच्छ
प्रश्नका पिठ्यूँमा चढेर
हामी लड्छौँ साथी ।
कतल गरिएका रहरको कसम खाएर
निभेका आँखाहरुको कसम खाएर
हामी लड्छौं साथी ।
हामी लड्छौँ तबसम्म
जमिन्दारको गोठालो जबसम्म
भैसीको पिसाब पिउँछ
फुलेका सस्र्युका फुलको सुगन्ध
लगाउनेहरुले जबसम्म आफै सुध्न पाउदैनन्
सुन्निएका आँखा भएकी
गाउँकी शिक्षिकाको लोग्ने जबसम्म
जङ्गलबाट फर्केर आउँदैन
जबसम्म पुलिसका जवान
आफ्नै दाजुभाईको घाँटी रेट्न विवश छन्
अफिसका अधिकारीहरू
जबसम्म रगतले अक्षर लेख्छन्
हामी लड्छौं जबसम्म
दुनियाँमा लड्न आवस्यकता बाकी हुन्छ।
जब बन्दुक हुँदैनन्,तब तरबार हुन्छ
जब तरबार हुँदैन लड्ने सङ्कल्प हुन्छ
लड्न सीप नभए, लड्ने खाँचो हुन्छ
अनि हामी लड्छौँ साथी ।
हामी लड्छौं
किनभने नलडेर केही पाईदैन
हामी लड़छौं
किन अझसम्म लडेनौ
हामी लड्छौं
आफ्नो सजाय कबुल्न
लडेर मरेकाहरुको
स्मृति जिउँदो बनाउन
हामी लड्छौं साथी… ।
(भारतीय क्रान्तिकारी कवि अवतारसिंह पाशको यो कविता “समग्र कविताएँ” पुस्तकबाट लिइएको हो । यसको भावानुवाद खोमा तरामु मगरले गरेका हुन् ।)
साभार: नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिचारप्रधान चौमासिक पत्रीका राप्ती आवाजबाट।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.