‘ओ हितसङ्गी तिमी कहाँ छौ’

डेली न्युजराप्ती       २३ असार २०८० ०७:१७ मा प्रकाशित     215 No Comments

काठमाडौं । जनवादी गीतकार, सङ्गीतकार तथा गायक चिरन सीले निकै सुन्दर गीत ‘ओ हितसङ्गी‘ आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेका छन् । सुन्दर भविश्यतर्फ सुन्दर सपनाहरु बोकेर सङ्गै आन्दोलनमा समाहित आफ्नो निकै प्रीय र हितसङ्गीहरुलाई ‘ओ हितसङ्गी तिमी कहाँ छौ, खोज्दैछु सुन्दर गाँउ, जहाँहामी सङ्गै लड्ने कसम खादैथ्यौ, ओ भनप्रीय तिमी कहाँ छौ, खोज्दैछु तिम्रो सहर, जहाँ हामी सङ्गै मर्ने वाचा बाधेथ्यौ‘ प्रश्न गरेका छन् ।

दर्शन, विचार, सिद्धान्त, राजनीति, प्रतिवद्धता, सुन्दर यात्राहरुमा विचलित हुने प्रवृतिहरुलाई गीतमार्फत प्रश्न गरेका छन्, ‘हिजो धिक्कारेका खुनि उनका काखहरुमा, लडिवुडि गर्छाैैरे भन्छन् ?‘ गीतको शव्द र सङ्गीत जनवादी गीतकार तथा सङ्गीतकार चिरन सीको आफ्नै छ भने गीतमा स्वर कर्ण विद्रोहीको रहेको छ । निकै सुन्दर जनवादी गीतहरु श्रोताहरुमाझ पस्कन सफल जनवादी गायक कर्ण विद्रोहीले गीतमा कर्णप्रीय आवज दिएका छन् ।

चिरन दाईले सङ्गीत अभियात्राको दौरान बसमा शव्द देखाउनु भयो र सङ्गीत सुनाउनु भयो, त्यो सुन्दा र देख्नासाथ गीतका शव्दहरु र सङ्गीतले मेरो मन तानिहाल्यौ, मलाई निकै गीत मनपर्यो र आजको वस्तुस्थितिलाई निकै सम्वोधन गरेको पाए, म यस्तै गीत र सङ्गीतको खोजीमा थिए अनि मेरै आवाज राख्ने सल्लाह भयो र गीत रेकर्डिङ गर्ने प्रकृयामा अगाडि बढ्यौ जनवादी गीतकार, सङ्गीतकार तथा गायक कर्ण विद्रोहीले बताए । निकै सुन्दर गीत बनेको छ, म धेरै खुसी छु गायक विद्रोहीले थपे, हामी जनवादी गीत सङ्गीतको क्षेत्रमा यस्तै यस्तै सहकार्यहरु गर्न आवश्यक छ उनले भने ।

गीतको एरेन्ज नारायण दङ्गालले गर्नु भएको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । गीति भिडियोको निर्देशन रविन दोङले गर्नु भएको छ।

समाजमा बर्गहरु रहेसम्म बर्गसंघर्ष जारी रहन्छ, हामी जानवादी गीतकार, सङ्गीतकार तथा गायकहरु वा कलाकारहरुत सुन्दर समाज निर्माणको लागि खटेका हौ नि ? समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य हो नि ? यो यात्राले लक्ष्य नचुमेसम्म हामी अविचलित यो कार्यमा लागिरहने कुरा चिरन सी ले बताए। आशा छ, गीत सवैले मन पराईदिनुहुनेछ जनवादी गीतकार, सङ्गीतकार तथा गायक चिरन सीले थपे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार