नेपाल पत्रकार महासंघले गणतन्त्रको पक्षमा संस्थागत निर्णय गर्नु साहसिक कुरा थियो: विप्लव

डेली न्युजराप्ती       ६ बैशाख २०८० १७:११ मा प्रकाशित     183 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा राजतन्त्र विरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको बताएका छन।

जनप्रचार तथा प्रकाशन प्रालिद्वारा काठमाडौको रामशाहपथ स्थित नेपाल बार एशोसियसनको हलमा आज आयोजित राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्कृया तथा जनपत्रीका मासिकको लोकार्पण कार्यक्रमलाई प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन ।

मन्तव्यको क्रममा महासचिव विप्लवले सूचनासञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको थियो तर समाज वर्गमा बिभाजित भएपछि नै पत्रकारिता पनि बिभाजित हुन पुगेको हो अब सञ्चार नागरिकको आधारभुत आबश्यकता भएको बताए।

पञ्चायतकाल देखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरह्यो” उनले भने- जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पुर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको थियो।

अन्तर्कृया कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष गोविन्द आचार्य र बिष्णु निष्ठुरी , नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले देशको समसामयिक स्थिति र नेपालका सञ्चार माध्यमहरुको दायित्वबारे मन्तव्य राखेका थिए ।

जनप्रचार तथा प्रकाशन प्रालिका निर्देशक अनिल शर्माको अध्यक्षता र प्रबन्धक धनराज सीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जनपत्रीका मासिकका प्रधान सम्पादक प्रकाश डुम्रेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार