गुरुजजुर मावी शिक्षक कुटपिट प्रकरण : ३ सदस्यीय छनबिन समिती गठन

डेली न्युजराप्ती       २ जेष्ठ २०८० २२:२६ मा प्रकाशित     260 No Comments

तुलसीपुर । गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा आइतबार भएको घटना बारेमा छानविन गर्नका लागि समिति गठन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले छानबिन समिति गठन गरेको हो । शिक्षा समितिका सदस्य भीमबहादुर योगीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यमा वडा नम्बर ४का वडाध्यक्ष तुलसी थापा र सदस्य सचिवमा चक्रबहादुर भण्डारी रहनुभएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख एवम शिक्षा समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न बैठकले घटनाको बारेमा छानविन गरेर एक हप्ताभित्र प्रतिवेदन ल्याउन समयसीमा निर्धारण गरिएको छ । मर्यादा क्रमको विषयलाई लिएर विद्यालयका शिक्षक द्वय प्रमोद आचार्य र झक्कु प्रसाद केसीले विद्यालयको क्यालेन्डर च्यातेको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलले सोमबार हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार