घोराहीमा नेकपाको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण सम्पन्न

डेली न्युजराप्ती       २० जेष्ठ २०८० १९:०३ मा प्रकाशित     270 No Comments

जेष्ठ २० , घोराही । नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज शनिवार घोराहीको साइ मन्दिरको सभाहलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले विशेष प्रशिक्षण दिएको नेकपाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी लगाएत नेकपाका जवस/मोर्चा सम्बद्ध जिल्लाका संयोजक तथा सिसिएमहरुको आतिथ्य रहेको थियो ।

नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य तथा पस्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय दिनेश सी र खिम बहादुर सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जंग रेउले , अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी , युवा संगठन नेपालका पुर्वी दाङ जिल्ला अध्यक्ष पदम सी , अखिल (क्रान्तिकारी) पुर्वी दाङका संयोजक दिपक सी लगाएतको आतिथ्य रहेको थियो ।

नेकपाका नेता महानको संचालनमा सुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेता किसन सीले गरेका थिए ।

यस्तै प्रशिक्षण कार्यक्रमको सन्दर्भमा पुर्व जनमुक्ति सेना नेपालका कमान्डर रेशम बहादुर विक (टाइसन)नेकपामा ध्रुवीकृत भएका छन् । पार्टीमा धृबिकृत भएका नेता रेशमलाई कार्यक्रममा पुष्पगुच्छा मार्फत भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार