नोभाक जोकोभिचले जिते २३औं ग्राण्डस्लाम उपाधि

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० १४:०३ मा प्रकाशित     128 No Comments

काठमाडौँ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्रान्ड स्लाम उपाधि जितेका छन् ।आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र ७–५ ले पराजित गरे । पहिलो सेटमा केही संघर्ष गरेका ३६ वर्षीय जोकोभिचले त्यसपछिका दुई सेट भने सजिलै जिते । यस उपाधिसँगै सर्बियाली खेलाडीले राफेल नाडालले भन्दा बढी ग्रान्ड स्लाम उपाधि जितेका छन् । यसै क्रममा उनी चार ग्रान्ड स्लाम उपाधि कम्तीमा तीन पल्ट जित्ने पहिलो खेलाडी पनि बने । उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् । ३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।रुदले भने अहिलेसम्म खेलका सबै तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार