काठमाण्डौ, ३ श्रावन । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा भोलि नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । भोलि नै यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् ।
यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भोलिदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ मा हुनेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.