केन्यामा लरी दुर्घटना : ४८ जना मृत्यु , ३० भन्दा बढी घाइते

डेली न्युजराप्ती       १६ असार २०८० १०:२७ मा प्रकाशित     116 No Comments

एजेन्सी, १६ असार । अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ । लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् ।ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

केन्यामा ठूला सडक दुर्घटनाको दर बर्सेनि बढीरहेको छ । गएको वर्ष पनि मध्य-केन्यामा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा ३४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार