`सुन तस्करसँग कनेक्सन´बारे महराले मुख खोले!

डेली न्युजराप्ती       १ श्रावण २०८० ०७:०४ मा प्रकाशित     288 No Comments

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले असार ३० गते रातोपाटीमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ शीर्षकको समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको बताएका छन् । आइतबार एक खण्डन पठाउँदै नेता महराले समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको र समाचारमा सत्यता नभएको बताएका हुन् ।
चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको महराको खण्डनमा उल्लेख छ । उनको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको पनि महराको भनाई छ ।

महराले छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गर्नुको कारण चिनिया नागरिकले चिनिया कामदारका लागि मगाएको सामान भन्सारमा अड्किएको भन्ने जानकारी गराएको कारण के कति कारणले अड्किएको हो भनी बुझ्नलाई मात्रै सम्पर्क गरेको बताएका छन् ।

जारी प्रेस नोटमा “चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुरासय पूर्ण तरिकाले समाचार प्रकाशित गर्नु ठिक होइन । यो समाचार विल्कुल तथ्यहिन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा भएकोले खण्डन गर्दछौ” समेत भनिएको छ।
यस्तो छ ,प्रेस नोटको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार