सस्तो लोकप्रियताका लागि तथ्यहिन समाचार प्रकाशित गर्दै जागरण अनलाइन

डेली न्युजराप्ती       १३ माघ २०७८ १४:०७ मा प्रकाशित     620 No Comments


न्यूजराप्ती,दाङ। दाङबाट संचालित एक अनलाइन डिजिटल पत्रीकाले तथ्यहिन समाचार प्रकाशित गरेको छ।

जागरण अनलाइनले विहिवार ” माओवादी नेता विहानी चौधरी एमालेमा प्रवेश” शिर्षकको समाचारमा चौधरी विप्लव समुहमा सक्रिय भएको भनेर तथ्यहिन समाचार प्रकाशित गरेको हो।
विप्लव नेतृत्वको नेकपा दाङका एक नेताले एमालेमा प्रवेश गरेका चौधरी आफ्नो पार्टीका कार्यकर्ता नभएको न्यूजराप्तीलाई बताए। उनले सरकारले आफ्नो पार्टीमाथी लगाएको कथित प्रतिबन्धको समयमा चौधरीले पत्रकार सम्मेलन गरि पार्टी छोडेको समेत स्पष्ट पारेका हुन।
पार्टीलाई समूह भन्ने र तथ्यहिन भ्रमपुर्ण समाचार प्रकाशित नगर्न नेकपा दाङले संचार माध्यमहरुलाइ आग्रह समेत गरेको छ।
यस्तो छ जागरण अनलाइनको तथ्यहिन समाचार:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार