विप्लव नेतृत्वको नेकपाले इजरायलको घटनालाई लिएर आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दै

डेली न्युजराप्ती       २१ आश्विन २०८० १०:४९ मा प्रकाशित     215 No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका समाचार सार्वजनिक भएको छ ।

यसै बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले आज अपरान्ह ३:३० बजे काठमाडौँ को शान्तिवाटिकामा बिरोध प्रदर्शन गर्ने लागेको बताइएको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीका अनुसार युवा विधार्थीलाई विदेश पठाउन रोक्न र इजरायलको घटनालाई लिएर उक्त बिरोध कार्यक्रम हुन् लागेको हो ।

नेकपा उपत्यका व्युरो र संयुक्त जवसकाे आयाेजनामा हुने उक्त विराेध प्रदर्शनमा युवा , बिद्यार्थी , पत्रकार , बुद्धिजीवीलागायत आमस्वाभिमानी जनतालाई सहभागी हुन् नेकपाले आग्रह समेत गरेको छ।

इजरायलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३० भन्दा बढी पुगेको छ।  इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरायलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ ।

इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिबार राति नै गाजा अन्धकार बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार