नेकपा तुलसीपुर-१३ ले जुझारु संगठनका लागि सुदृढीकरण अभियान सञ्चालन गर्ने

डेली न्युजराप्ती       २५ जेष्ठ २०८१ ०७:०७ मा प्रकाशित     315 No Comments

जेठ २५ , तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर अन्तर्गत १३ नं. वडा कमिटीको बैठक सम्पन्न भएको छ ।
बिहिवार सम्पन्न बैठकले वडामा जुझारु संगठनका लागि सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले शंकर सीलाई वडा सेक्रेटरीमा चयन गर्दै ९ सदस्यीय वडा कमिटी पुनर्गठन समेत गरेको छ ।

यस्तै टोलटोलमा राजनीतिक अभियान एवम भेटघाट गर्ने , तुलसीपुरमा हुने क्षत्रीय प्रशिक्षण कार्यक्रममा पार्टी सदस्यलाई सहभागी बनाउने , सबै नेताकार्यकर्ता अनिवार्य श्रममा भाग लिने , वडामा व्यापक राजनीतिक अन्तरक्रियाहरुको आयोजना गर्ने लगाएतका निर्णयहरु गरेको वडा इन्चार्ज शिव सीले जानकारी दिनुभयो ।

पार्टीका तुलसीपुर -१३ का सेक्रेटरी शंकर सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी रहनुभएको थियो भने तुलसीपुर १३-१६ सम्मका वडा इन्चार्ज शिव सीको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार