प्रचण्डलाई दाङबाट लाग्यो अहिलेसम्मकै ठूलो धक्का, पत्रकार संगठनका अध्यक्ष नै एमाले प्रवेश

डेली न्युजराप्ती       २९ श्रावण २०८१ १६:४५ मा प्रकाशित     474 No Comments

साउन २८ , तुलसीपुर ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई दाङबाट सांगठनिक रुपमा ठुलो धक्का लागेको छ ।
सोमबार पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले संगठन र पार्टी परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका कारण उनलाई सांगठनिक रुपमा धक्का लागेको हो ।

शर्मालाई सोमबार एमालेका महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गरेका शर्माले एमाले नै कम्युनिष्टको मूल नेतृत्व भएकाले माओवादी त्यागेर आएको बताए । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले शर्मालाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार